Author Archives: sathifm

कांग्रेशको घरदैलो भेटघाट

कार्यकर्ता भेटघाटमा सम्वोधन गर्दै नेपाली कांग्रेशका महासमिति सदस्य तथा तरुणदलका पूर्व कार्यवाहक अध्यक्ष जन्मजय तिमिल्सीना

केशव कोइराला फागुन ८–राजापुर स्थानिय निकायको चुनावलाई मद्य नजर गर्दै नेपाली कांग्रेशले बर्दियाको राजापुरमा घरदैलो भेटघाटलाई तिव्र पारेको छ । नेपाली कांग्रेशका महासमिति सदस्य तथा तरुणदलका पूर्व कार्यवाहक अध्यक्ष जन्मजय तिमिल्सीनाको नेतृत्वमा खटिएको कार्यकर्ताहरुको टोलिले राजापुरका १२,१३,१६ नम्वर वाडमा आज घरदैलो गरेको छ । यस अघि राजापुर १४,१८,१९ र पाताभार, मनाउ तथा खैरी चन्दनपुर गाबिसमा घरदैलो गरिएको छ । घरदैलोका ...

Read More »

सम्भव भएसम्म केही दिन भित्रै सरकारले गाउंपालिका र नगरपालिका घोषणा गर्नेः मंत्री महरा

दुर्गा देवकोटा माघ १३, टिकापुर उपप्रधान तथा अर्थ मन्त्रि कृष्णबहादुर महराले पुर्नसंरचना आयोगले प्रतिवेदन बुझाइसकेको बताउंदै सम्भव भएसम्म केही दिन भित्रै सरकारले गाउंपालिका र नगरपालिका घोषणा गर्ने बताएका छन् । कैलालीको टीकापुरमा टिकापुर महोत्सव २०७३ को उद्घाटन गर्दै यस्तो बताए । मन्त्री महराले देशले स्थायित्व र आर्थिक विकास खोजेको बताउंदै सरकारले पुनर्निमाण, संविधान कार्यान्वयन, स्थानीय तहको निर्वाचन गर्ने कुरालाई राष्ट्रिय ...

Read More »

भौराटप्पा क्षेत्रमा थारु सँग्रालय निमार्ण गरिने

केशव कोइराला पौष–३ राजापुर बर्दियाको भौराटप्पा क्षेत्रमा थारु सँग्रालय निमार्ण गरिने भएको छ । बहुवर्षिय आयोजना अन्र्तगत यसै आर्थिक बर्षदेखी थारु संग्रालयको निमार्ण गरिने व्यवस्थापिका संसद सदस्य तथा थरुहट तराईपार्टी नेपालका बरिष्ठ नेता डाक्टर गोपाल दहितले बताए । पटक–पटक गाँउ परिषद, नगर परिषदमा प्रस्ताव गरेपनी यसै आर्थिक बर्ष २०७३–०७४ वाट सुरु गर्नेगरी सरकारी रातो कितावमा परेपछी थारु संग्रालय बन्ने पक्का ...

Read More »

धानको नयाँ मुल्य निर्धारण

dhan-godam

धानको नयाँ मुल्य निर्धारण शोभा कोइराला मंसिर ५ । राजापुर बर्दिया नेपाल खाद्य सँस्थान आधुनिक चामल कारखाना राजापुरले धानको नयाँ मुल्य निर्धारण गरेको छ । नेपाल खाद्य सँस्थान केन्द्रिय कार्यलय काठमाण्डौको परिपत्र तथा प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापाको अध्यक्षतामा सुक्रवार बसेको बसेको स्थानिय प्राथमिक खरिद समितीको बैठकले सोमवार देखि लागुहुनेगरी नयाँ मुल्य निर्धारण गरेको हो । निर्धारित मुल्य अनुसार ...

Read More »

भौरा टप्पाको क्षेत्रमै पहिलो पटक प्राबिधिक शिक्षाको शुरुवात

शोभा कोइराला कार्तिक,२६–राजापुर अमर सहिद दशरथ चन्द माध्यामिक बिध्यालयले भौरा टप्पाको क्षेत्रमै पहिलो पटक प्राबिधिक शिक्षाको शुरुवात गरेको छ । प्राबिधिक शिक्षा अन्र्तगत भेटीनरी कार्यक्रमको आज सम्उद्घाटन गरिएको छ । दिप प्रज्वलन तथा व्यानर खोली जिल्ला शिक्षा अधिकारी दमन सींह चौधरीले कार्यक्रमको उद्घाटन गर्नुभयो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरु प्रसाद चौधरीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी ...

Read More »

आशा र उमंगकालागी आशाके महोत्सव तथा चंगाई कार्यक्रम राजापुरमा

आशा वारे जानकारी दिदै ।

शोभा कोइराला २५,कार्तिक–राजापुर । बर्दियाको राजापुरमा आशाके महोत्सव तथा चंगाई कार्यक्रम आजदेखि सुरु भएको छ । नयाँ जिवन चर्च राजापुरको आयोजनामा सरस्वती क्लवको खुल्ला मैदानमा जारी महोत्सवको व्यवस्थापिका संसद मानबहादुर थारुले उद्घाटन गर्नुभयो । प्रभुयशु खृष्ठले देखाएको वाटो र उनले आनन्दित जीवनकालागी गरेका प्रयासवारे सचित्र प्रस्तुत गरि कसरी आशा र उमंग लिन सकिन्छ भन्ने धेयका साथ आयोजित महोत्सवमा बोल्दै कार्यक्रमका ...

Read More »

समयमै धानको मुल्य निर्धारण गरिएन , बर्दिया राजापुरका किसान मर्कामा

dhan-godam

केशव कोइराला कार्तिक,२३ — बर्दिया । धानको मुल्य निर्धारण नगरिदा बर्दिया राजापुरका किसानहरु मर्कामा परेका छन् । धान भित्राइ सकेपनी नेपाल खाद्य सँस्थानले धानको मुल्य निर्धारण नगर्दा किसानहरु मर्कामा परेका हुन् । आर्थिक जोहका लागी धान बिक्री गर्ने किसानहरु स्थानिय बजारको मनोमानी मुल्यमा धान बिक्री गर्नु बाध्यता आएको सुनाउछन् । नेपाल खाद्य सँस्थान आधुनिक चामल कारखाना राजापुरका प्रबन्धक भोजराज पाण्डेले ...

Read More »

शिवपुर गाबिसमा जंगलि हात्तिको आतंक

पुरुषोत्तम खनाल राजापुर, कात्तिक १९ । बर्दियाको शिवपुर गाबिसमा जंगलि हात्तिको झुण्डले आतंक मच्चाएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज बाट निस्केको जंगलि हात्तीले गएराति स्थानिय बासिन्दाका ३ वटा घर भत्काउनुका साथै किसानले लगाएको केराखेती नष्ट गरेको छ । स्थानिय बखत नेपाली, लालसिंह थापा, र मोतिकला खड्काको घर भत्काएको छ भने सर्वजित थापाको ५ कट्टा केराखेति नष्ट गरेको हाम्रा स्थानिय खवरदाता ...

Read More »

शुसेली दुग्ध संकलन तथा चिस्यान केन्द्र बजार अभावका कारण समस्यामा

केशव कोइराला कार्तिक १९,– राजापुर । बर्दियाको भौराटापु क्षेत्रमै पहिलो पटक संचालनमा आएको शुसेली दुग्ध संकलन तथा चिस्यान केन्द्र बजार अभावका कारण समस्यामा परेको छ । स्थानिय बजारको अभाव तथा अन्य जिल्लामा ढुवानि गर्ने प्रयाप्त साधन नहुँदा दुग्ध संकलन तथा चिस्यान केन्द्र समस्यामा परेको हो । केन्द्रले राजापुर नगरपालीका, खैरीचन्दनपुर, मनाउ, गोला, पाताभार, पशुपतिनगर गाबिसका २ सय बढि पशुपालक किसान ...

Read More »

हुलाकि राजमार्ग तिव्र निमार्ण हुन्छः– प्रधानमंत्रि दाहल

pm

केशव कोइराला असोज १५,खोल्टीबजार बर्दिया प्रधानमंत्रि पुष्पकमल दाहलले हुलाकि राजमार्ग तिव्र गतिमा निमार्ण हुने बताउनु भएको छ । बर्दियाको खोल्टिबजारमा आज आयोजित पुर्व मंत्रि स्वगिय रामचरण थारुको बार्षिक स्मृती सभालाई सम्वोधन गर्दै सो कुरा बताउनु भएको हो । पछिल्लो पटक हुलाकी राजमार्ग वारे भारत सँग नयाँ सम्झौता भएको छ । प्रधानमंत्रि दाहालले भन्नु भयो “त्रिव्र गतिमा निमार्ण हुन्छ । ढुक्क ...

Read More »