म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै लिभरपुल क्वाटरफाइनलमा

चैत ५

म्यानचेस्टर युनाईटेडलाई हराउँदै लिभरपुल यस वर्षको युरोपा लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

राउण्ड अफ सिक्सटिनअन्तर्गत गएराति भएको दोस्रो लेगको खेलमा १(१ गोलको बराबरी खेल्दै लिभरपुलले समग्रमा म्यानचेस्टर युनाईटेडलाई ३–१ ले हरायो ।
यसअघि पहिलो लेगको खेलमा लिभरपुल २–० ले विजयी भएको थियो ।

उता अर्को इङ्लिस क्लब टोटनह्याम हट्सपर भने जर्मनीको बोरुसिया डर्टमण्डसँग पराजित भएको छ । पहिलो लेगको खेल ३–० ले हारेको टोटनह्यामले गएराति भएको दोस्रो लेगको खेल २–१ ले गुमाएपछि प्रतियोगिताबाट बाहिरिएको हो ।

युरोप लिग फुटबलमा स्पेनका तीनवटा क्लव क्वाटरफाइनलमा पुगेका छन् । आफ्नै देशको भ्यालेन्सियालाई हराउँदै एथ्लेटिक बिल्बाओ, स्विट्जरल्याण्डको बाजललाई हराउँदै सेभिया र जर्मनीको बायर लिभरकुजेनलाई हराउँदै भियारियाल अन्तिम आठमा पुगेका हुन् ।

यसैगरी प्रि क्वाटरफाइनलका खेलमा बेल्जियमको एन्डरलेचलाई हराउँदै युक्रेनको शख्तर, टर्कीको फेनरबाचेलाई हराउँदै पोर्चुगलको स्पोर्टिङ ब्रागा र ईटालीको लाजियोलाई हराउँदै चेक गणतन्त्रको स्पार्टा प्राग पनि क्वाटरफाइनलमा उक्लेका छन् ।

x

Check Also

CkMtOc4WEAEs8HR

फ्रान्सले जिते ओलिभरले दाह्री यस्तो बनाउने

जेठ २४ – ओलिभर जिरउडले फ्रान्सले युरोकप २०१६ को उपाधि जितेमा आफ्नो दाह्री रंग्याउने बताएका ...