ss

विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताका सेमिफाईनल खेलहरु आजबाट हुँदै

नयाँ दिल्ली, चैत १७

भारतमा जारी विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताका सेमिफाईनल खेलहरु आजबाट हुँदैछन् ।प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज न्यूजिल्याण्ड र इङ्ल्याण्ड भिड्ने छन् । खेल दिल्लीको फिरोज शाह कोटला मैदानमा हुनेछ ।सुपर टेन चरणमा अपराजित एकमात्र टोली न्यूजिल्याण्ड  समूह विजेता हो भने इङ्ल्याण्ड अर्को समूहको उपविजेता हो ।प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा भोलि मुम्बईमा आयोजक भारतसँग वेष्ट इन्डिज भिड्ने छ । वेष्ट इन्डिज आफ्नो समुहको विजेता हो भने भारत उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो ।यसपटकको विश्वकप टि ट्वेन्टी क्रिकेटमा साविक विजेता श्रीलंकासहित दावेदार टोलीहरु अष्ट्रेलिया र दक्षिण अफ्रिका सुपर टेन चरणबाटै घर फर्किएका छन् ।

x

Check Also

कार्यकर्ता भेटघाटमा सम्वोधन गर्दै नेपाली कांग्रेशका महासमिति सदस्य तथा तरुणदलका पूर्व कार्यवाहक अध्यक्ष जन्मजय तिमिल्सीना

कांग्रेशको घरदैलो भेटघाट

केशव कोइराला फागुन ८–राजापुर स्थानिय निकायको चुनावलाई मद्य नजर गर्दै नेपाली कांग्रेशले बर्दियाको राजापुरमा घरदैलो ...