karela

स्वास्थ्यका लागि अमृत समान करेलाका ९ फाइदा

करेला हिजोआज धेरैले मन पराउने गर्दछन् । कारण करेला स्वादमा जति तितो हुन्छ यसका फाईदा पनि त्यति नै धेरै छन् । करेललाई बिभिन्न स्वादमा तरकारी वा अचार बनाएर सेवन गर्न सकिन्छ । करेलाका मुख्य गुणहरुमा यसमा करेला एन्टिअक्सिडेन्ट र भिटामिनले भरिपूर्ण हुन्छ । करेलामा भिटामिन ए, भिटामिन बि १, भिटामिन बी २, भिटामिन सि, फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम, कपर तथा फोस्फोरस पाइन्छ । करेलाले स्वास्थ्यमा  गर्ने १० फाइदा निम्न छन् :

१. श्वासप्रश्वासका लागि  फाईदा  : ताजा करेला दम, रुघाखोकीजस्ता श्वासप्रश्वासको समस्यामा लाभदायी मानिन्छ किनकी यसले श्वासप्रश्वासमा फाइदा पुराउँदछ ।

२. लिभरका  लागि फाईदा  :  दैनिक एक गिलास करेलाको जुसले कलेजोको समस्या समाधान हुन्छ । स्वास्थ्यमा परिवर्तन आएको हेर्न कम्तीमा पनि एक साता करेलाको जुस पिउनैपर्ने हुन्छ ।

३. रोग प्रतिरोधक क्षमतामा वृद्धि :  पानीमा उमालेको करेलाको पात दिनहुँ खानाले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ ।

४ डण्डीफोरमा हटाउनका लागि :  करेलाको सेवनले डण्डीफोर, दागलगायतका छालाको संक्रमण हटाउनुका साथै रगतमा भएको अनियमितता हटाउछ । कागती मिसाएको करेलाको जुस ६ महिनासम्म खाली पेटमा खानाले अनुहारको सुन्दरतामा निखार ल्याउछ ।

५. मधुमेहको रोगीका लागि लाभ : करेलाको जुसले टाइप टु मधुमेहलाई सबैभन्दा बढी लाभ मिल्छ । चिनिया र भारतीय प्राचिन चिकित्सा पद्दतिमा करेला लामोसमयदेखि प्रयोग हुँदैं आएको विश्वास गरिन्छ । हालै भएका अनुसन्धानले पनि यसलाई पुष्टि गरेको छ । इन्सुलिनको अभाव वा विकासका प्रतिरोधकका कारण कोषहरुले रगतबाट सुगरको मात्रा लिन असफल भएमा टाइप टु मधुमेह लाग्छ । दुवै अवस्थामा कोषहरु सुगर लिन असमर्थ रहन्छन् । किनासे नामका प्रोटिन सक्रिय नहुँदा कोषले सुगर लिन नसक्ने भएकाले करेलाले किनासेहरुलाई सक्रिय बनाउछन् । करेलामा रहेका केही रासायनिक तत्वहरुले पनि इन्सुलिनको जस्तै काम गर्छन्, जसले रगतमा सुगरको मात्रा कम गर्न मद्दत गर्छन् ।

५. कब्जियत हटाउन मद्धत : करेलामा भएका फाइबरहरुले खाना पचाउन मद्दत गर्छन् । यसले गर्दा कब्जियतको  समस्या पनि हट्छ ।

६. छालाको समस्या समाधान “: करेलाको नियमित सेवनले छालालाई चम्किलो राख्न मद्दत गर्नुका साथै दागरहित बनाउन मद्दत गर्छ । छालाका रोग तथा संक्रमण हटाउछ । यसमा भएको भिटामिन सिले चाउरीपना हटाउछ ।

७. मिर्गौला र ब्लाडरलाई स्वस्थ राख्छ :  यसले कलेजो र ब्लाडरलाई स्वस्थ बनाउन मद्दत गर्छ । यसका साथै मिर्गौलाको पत्थरी हटाउन पनि सहयोग गर्छ ।

८. मुटु  रोगीका लागि लाभदायी  : करेला मुटुको समस्याका लागि पनि लाभदायी मानिन्छ । यसले शरीरमा भएको खराब कोलेष्टेरोल हटाई हृदयाघात हुने सम्भावना कम गर्छ । यसले रगतमा चिनीकोमात्र घटाई मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।

९. तौल घटाउन सहयोगी : यसमा भएका एन्टिअक्सिडेन्टले शरीरलाई स्वस्थ राख्छ । यसले मेटाबोलिजम र पाचन प्रणालीलाई सुधार गर्ने भएकाले चााँडो चाँडो तौल घटाउन यसले मद्दत गर्छ ।

x

Check Also

District-Hospital-Baitadi

बैतडीका स्वास्थ्यकर्मी आन्दोलित, अस्पतालको सेवा ठप्प

२४ जेठ, बैतडी । जिल्ला अस्पताल बैतडीको आजदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द भएको छ । ...