pate bagh

नेपालमा पाटेबाघको संख्या बढ्यो, अब जोगाउने कसरी ?

यादब आचार्य,
जेठ २४,–बर्दिया

विश्वबाटै लोप हुने अवस्थामा पुगेको पाटेबाघको संख्या पछिल्लो समयमा नेपालमा भने बढ्न थालेको छ । बाघ संरक्षण गर्ने अभियान चलेपछि संख्यामा वृद्धि भएको हो । तर पाटेबाघको चोरी सिकारी हुने क्रम भने कायमै छ । यसले बाघको संरक्षणमा चुनौतीसमेत देखिएको छ ।

नेपालमा तराईका जंगल, भित्री मधेस क्षेत्र, चुरे र महाभारत क्षेत्रमा प्रशस्त पाईने पाटेवाघ लोप हुँदै चितवन, बर्दिया, बाँकेलगायत पर्सा वन्यजन्तु आरक्षमा सिमित हुन पुग्यो । बाघको चोरी शिकार, वासस्थान विनास, आहारा प्रजातीमा कमी लगायत जमीनको खण्डीकरणका कारण बाघ लोप हुने क्रम वढेको पाइन्छ । सन् १९३० को दशकमा शोखका लागि गरिएका शिकार पनि बाघ लोप हुनुको प्रमुख कारण हो । विश्वमा पाइने ९ प्रजातीका वाघहरु मध्ये वाली, जाभा र क्यास्पियन प्रजाती लोप भैसकेका छन् । हाल विश्वमा विभिन्न प्रजाती गरी ४ हजार २ सय ४० बाघ छन् । बाघ पारिस्थितिकिय प्रणालीको एक प्रमुख र स्वस्थ्य जंगलको सुचक मानिन्छ ।

पछिल्लो समय नेपालमा बाघ संरक्षणका लागि गरिएका प्रयासहरुले बाघको संख्या बृद्धि हुन थालेको छ । सन् २०१३ को बाघ सर्भेक्षण अनुसार चितवनमा १ सय २०, बर्दियामा ५०, शुक्ला फांटामा १७, पर्सामा ७ र बाँकेमा ४ वटा गरी १ सय ९८ वटा पाटेबाघ छन् । सन् २०१६ को बर्दियामा गरिएको वाघ अनुगमनबाट बाघको संख्या बढ्ने देखिन्छ । बाँके राष्ट्रिय निकुञ्ज स्थापना पछि बाघको लागि बर्दिया राष्ट्रिय निकुञ्ज थप प्रभावकारी बन्दै गइरहेको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापा बताउनु भयो ।

x

Check Also

कार्यकर्ता भेटघाटमा सम्वोधन गर्दै नेपाली कांग्रेशका महासमिति सदस्य तथा तरुणदलका पूर्व कार्यवाहक अध्यक्ष जन्मजय तिमिल्सीना

कांग्रेशको घरदैलो भेटघाट

केशव कोइराला फागुन ८–राजापुर स्थानिय निकायको चुनावलाई मद्य नजर गर्दै नेपाली कांग्रेशले बर्दियाको राजापुरमा घरदैलो ...