chesko

एडल्ट सर्टिफिकेट पाएको अर्चना पनेरुको फिल्म छेस्को प्रदर्शनमा

पोर्न स्टार बन्छु भन्दै नग्न तस्बिर खिचेर सामाजिक सञ्जालमा शेयर गरेपछि चर्चामा आएकी अर्चना पनेरुले अभिनय गरेको चलचित्र छेस्को शुक्रबारदेखि प्रदर्शनमा आएको छ ।

देशव्यापी प्रदर्शनमा आएको चलचित्रमा अर्चनाको अपोजिटमा राजन कार्की रहेका छन् । सुरेश थापाको निर्देशित चलचित्रको निर्माता सुरज प्रधान छन् ।

चलचित्रमा युवापुस्ताबीचको प्रेम, रोमान्स र लागू औषध दुव्र्यसनलाई कथाको विषयवस्तु बनाइएको छ । अर्चना पनेरुले अभिनय भएकोले विवादमा परेको चलचित्रलाई सेन्सर बोर्डले एडल्ट सर्टिफिकेटसहित रिलिजको अनुमति दिएको थियो । चलचित्रमा अर्चना पनेरु, राजन कार्की र करण श्रेष्ठ क्रेजीको अभिनय छ ।

ट्रेलर हेर्नुहोस् ।

x

Check Also

कार्यकर्ता भेटघाटमा सम्वोधन गर्दै नेपाली कांग्रेशका महासमिति सदस्य तथा तरुणदलका पूर्व कार्यवाहक अध्यक्ष जन्मजय तिमिल्सीना

कांग्रेशको घरदैलो भेटघाट

केशव कोइराला फागुन ८–राजापुर स्थानिय निकायको चुनावलाई मद्य नजर गर्दै नेपाली कांग्रेशले बर्दियाको राजापुरमा घरदैलो ...