dd

राजापुरको खानेपानीलाई व्यवस्थीत बनाइने

केशव कोइराला
जेठ–२५,राजापुर

बर्दियाको राजापुरको खानेपानीलाई व्यवस्थीत बनाइने भएको छ । आगामि साधारण सभावाट खानेपानी व्यवस्थित बनाउने तयारी भैरहेको खानेपानी तथा सरसफाई उपभोत्ता समिति राजापुरका अध्यक्ष इन्द्र वहादुर सेनले जानकारी दिनुभयो ।
२७ बर्ष अगाढी पाइपलाईन बिछ्याएकाले पाइप पुट्ने गरेको , धारामा मिटर नभएको लगायतका समस्या रहेको अध्यक्ष सेनको भनाई छ ।
आगामि साधारण सभाले नया मिटर जडान,  जमिन माथि वाटै पाइपलाईन बिस्तार, महशुल हेरफेर्रे लगायतका काम गर्नेछ  ।
१२ सय धारामा सहजै पानी दिन सकिने क्षमता रहेको र हाल आएर २ सय ३० जना उपभोक्ताले धारा जडान गरेका छन् । अवको केहि दिनमै शान्तिपुरमा ३० देखी ४० जना उपभोक्ता थपिने छन् । अहिले राजापुर देखी शान्तिपुर सम्म खानेपानीको पाइपलाईन  बिछ्याउने कार्य जारी छ ।
समितिले मिटर जडान नगरेका कारण प्रतिमहिना  निजी घरको प्रयोजनकालागी १ सय २० रुपैया ,होटल प्रयोजकालागी १सय ५० र सरकारी कार्यलयकालागी २०० रुपैया लिदै आएको छ ।

x

Check Also

कार्यकर्ता भेटघाटमा सम्वोधन गर्दै नेपाली कांग्रेशका महासमिति सदस्य तथा तरुणदलका पूर्व कार्यवाहक अध्यक्ष जन्मजय तिमिल्सीना

कांग्रेशको घरदैलो भेटघाट

केशव कोइराला फागुन ८–राजापुर स्थानिय निकायको चुनावलाई मद्य नजर गर्दै नेपाली कांग्रेशले बर्दियाको राजापुरमा घरदैलो ...