पुर्व प्राथमिक कक्षाको क्षमता बिकाशकालागी ५ दिने तालिम शुरु

जेठ–२५, राजापुर
पुर्व प्राथमिक कक्षाको क्षमता बिकाशकालागी ५ दिने तालिम राजापुरमा आजवाट शुरु गरिएको छ । जिल्ला शिक्षा कार्यलय बर्दियाको प्राबिधिक सहयोगमा राजापुर नगरपालिकाले तालिमको आयोजना गरेको हो । तालिमको एक कार्यक्रमका बिच राजापुर नगरपालिकाका कार्यकारी अधिकृत चेतन कुमार खत्रीले उद्घाटन गर्नुभयो ।
तालिममा राजापुर नगरपालिकाका वाड न.१ देखि १९ सम्मका वाल बिकाश केन्द्र. तथा पुर्वप्राथमिक कक्षाका ३४ जना सहजकर्ता सहभागि छन् । तालिम यहि जेठ २९ गतेसम्म सञ्चालन हुनेछ  । तालिमको सहजिकरण जिल्ला शिक्षा कार्यलयका स्रोत व्यक्ती दिलबहादुर धर्ति क्षेत्रीले गरिरहनु भएको छ ।

x

Check Also

कार्यकर्ता भेटघाटमा सम्वोधन गर्दै नेपाली कांग्रेशका महासमिति सदस्य तथा तरुणदलका पूर्व कार्यवाहक अध्यक्ष जन्मजय तिमिल्सीना

कांग्रेशको घरदैलो भेटघाट

केशव कोइराला फागुन ८–राजापुर स्थानिय निकायको चुनावलाई मद्य नजर गर्दै नेपाली कांग्रेशले बर्दियाको राजापुरमा घरदैलो ...