jjj

एकैदिन २० हजारको नजरमा “कठैमेरो जुनि”

कृष्ण आचार्य
जेठ–२६, काठमाण्डौ ।

धेरै नेपालीले भोग्नु परेको बास्तविक पिडा र भोगाईलाई समेटेर तयार पारिएको गीत कठै मेरो जुनि सार्वजनिक भएको २४ घण्टा पनि नवित्दै धेरै स्रोत तथा दर्शकको मन जित्न सफल भएको छ ।
जनगायकको छवि बनाएको गायक बद्रि पंगेनीले आवाज दिएका सो गीतमा विदेशमा नेपालीहरुले भोग्नु परेको पिडा र समस्यालाई विषय बस्तु बनाइएको छ । गायक पंगेनीले पनि गीतको बारेमा प्रतिक्रिया दिँदै गीतले सबै नेपालीहरुको प्रतिनिधित्व गरेको बताउदै गीतमा अभिनय गर्ने कलाकारहरुको प्रशंसा गरेका छन ।
कामको शिलशिलामा जापानमा रहेका बागलुङा युवा सर्जक दिपक कँडेलले यस अगाडी बजारमा ल्याएको गीत हिरा मोतीले स्रोत तथा दर्शकको मन जित्न सफल भए पछि त्यस्तै पिडा र बेदना समेटेर अर्को लोक गीत कठै मेरो जुनि बजारमा ल्याएका हुन ।
जापान र नेपालमा छायाङकन गरिएको सो गीतमा सर्जक दिपकको समेत दमदार अभिनय देख्न सकिन्छ । आँफुले भोगेका र देखेका कुराहरुलाई समेटेर गीत बनाएको छु यो गीत भन्दा पनि बढि हामी सबैको बास्तविक पिडा हो सबै स्रोत तथा दर्शकले गीत मन पराइदिनेमा आफु आशावादी रहेको सर्जक कँडेलले हामीलार्य बताउनु भयो ।
दिपक कँडेलको मर्म स्पर्शी शव्द रहेको सो गीतमा लय जापानमै रहेको सर्जक प्रेम सापकोटो बनाएका हुन । गीतमा सर्जक दिपक कँडेलका माता,पिता हजुर आमा र श्रीमती को समेत अभिनय देख्न सकिन्छ । साथमा अभिनयमा सर्जक कृष्ण आचार्यले पनि साथ दिएका छन ।
प्रेम थापा र विनोद भण्डारीले निर्देशन गरेको सो गीत हमाल म्युजिकले बजार व्यस्थापन गरेको हो । हमाल म्युजिकका सञ्चालक सञ्जन हमालका अनुसार गीतले समाज र विदेशीने नेपालीको बास्तविक कथा बोलेको हुँदा आफुलाई मन परेको बताउदै आफ्नो तर्फबाट गीतलाई सक्दो सहयोग गर्ने बताउनु भयो । गीत नेपाल र जापानमा समेत छायाङकन गरिएको छ ।
गीत सार्वजकिन भएको २४ घण्टा पनि नवित्दै गीत विभिन्न च्यानलहरुमा गरी २० हजार भन्दा बढिले हेरी सक्नु भएको छ । भने पाँच सय भन्दा बढिले शेयर गरिसक्नु भएको छ ।

गीतको म्युजिक भिडियो

x

Check Also

कार्यकर्ता भेटघाटमा सम्वोधन गर्दै नेपाली कांग्रेशका महासमिति सदस्य तथा तरुणदलका पूर्व कार्यवाहक अध्यक्ष जन्मजय तिमिल्सीना

कांग्रेशको घरदैलो भेटघाट

केशव कोइराला फागुन ८–राजापुर स्थानिय निकायको चुनावलाई मद्य नजर गर्दै नेपाली कांग्रेशले बर्दियाको राजापुरमा घरदैलो ...