griftar

बिप्लप नेतृत्व माओवादीद्वारा बन्द आव्हान, राजापुर प्रहरीद्वारा २ जना माओवादी कार्यकर्ता गिरफ्तार

केशव कोइराला
जेठ–२७, राजापुर।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आज नेपाल बन्द गराएको छ । बन्दले बर्दिया जिल्लाको यातायात कलकारखाना उद्योग धन्दा आज बिहानै देखि ठप्प रहेका छन् । यसअघि बन्दको प्रचार प्रसार गर्दै हिडेका बर्दिया क्षेत्र नम्वर ४का संयोजक गणेश अर्याल र हिरावहादुर पुनलाई इलाका प्रहरी कार्यलयले बुधवार वेलुकि गिरफ्तार गरेको छ । गिरफ्तार द्वय अर्याल र पुनका बारे अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यलय राजापुरका प्रहरी प्रमुख डिएस्पी कृष्णजी अधिकारीले जानकारी दिनुभयो । आफ्ना नेता तथा कार्यकर्ता रिहाइसहित विभिन्न माग राख्दै चन्द नेतृत्वको माओवादीले बन्द गरेको जनाएको छ ।

x

Check Also

कार्यकर्ता भेटघाटमा सम्वोधन गर्दै नेपाली कांग्रेशका महासमिति सदस्य तथा तरुणदलका पूर्व कार्यवाहक अध्यक्ष जन्मजय तिमिल्सीना

कांग्रेशको घरदैलो भेटघाट

केशव कोइराला फागुन ८–राजापुर स्थानिय निकायको चुनावलाई मद्य नजर गर्दै नेपाली कांग्रेशले बर्दियाको राजापुरमा घरदैलो ...