?
?

नगरस्तरिय ज्ञान व्यवस्थापन समिति गठन

असार,१०–राजापुर बर्दिया  ।
नेपाल वाढी उत्थानशिल परियोजना अन्र्तगत प्राबिधिक ज्ञान सेवा कार्यक्रमले कृषि, पशु जलवायु परिवर्तन र बिपदका बिषयमा सर्वसाधारणको जानकारीका लागी संचालन गरेको ज्ञान सेवा कार्यक्रमको दिगो व्यवस्थापनकालागी शुक्रवार राजापुर नगरपालीकाको संयोजकत्वमा ११ सदसिय ज्ञान व्यवस्थापन समिति गठन गरिएको छ । गठित समितिको सचिवमा नेपाल रेडक्रस सोसाइटिका सुर्य प्रसाद घिमिरे , सदस्यहरुमा इलाका कृषी सेवा केन्द्र राजापुरका प्रमुख इश्वरनाथ त्रिपाठी, इलाका पशु सेवा केन्द्रका प्रमुख सुमन कुमार दत्त, राजापुर प्राथमिक केन्द्रका प्रमुख रुपेश ओड, इलाका वन कार्यलय, पत्रकार केशव कोइराला, नेरामाबि टेडियाका प्रअ माधवी केशी,सिडिएमसीकारुपक चौधरी, ,सिएस्डिआरका यशोदा चौधरी, प्राबिधिक ज्ञान केन्द्रका वाधुराम थारु रहेका छन् । ज्ञानकेन्द्र वारे जानकारी दिन आयोजना गरिएको कार्यक्रममा ज्ञान व्यवस्थापन समिति गठन गरिएको हो ।
कार्यक्रममा ज्ञान सेवा कार्यक्रमका लक्षित बिषय बस्तु, कृयाकलाप, प्राबिधिक ज्ञानकेन्द्र, वारे परियोजनाका  सामाजिक परिचालक यशोदा चौधरीले प्रस्तुति राख्नुभएको थियो । ज्ञान केन्द्रको महत्व र यसका उपलव्धी वारे प्राक्टीकल एक्सनका परियोजना अधिकृत रजनी चौधरीले जानकारी दिनुभयो ।  राजनीतिक दल, सामाजीक परिचालक, शिक्षक, सरोकारवाला निकाय समिलित कार्यक्रमको प्रमुख अतिथीमा इलाका प्रशासन कार्यलयका नायव सुव्वा गोबिन्द कोइराला रहनुभएको थियो । कार्यक्रमको अध्यक्षता राजापुर नगरपालीकाका प्रतिनिधी रमेश कुमार चौधरीले गर्नुभएको थियो ।
जुरिक फाउन्डेशनको आर्थिक सहयोग  र प्राक्टीकल एक्सनको साझेदारीमा सिएस्डीआर मार्फत नेपाल वाढी उत्थानशिल परियोजनाले बर्दियाको पाताभार, गोला, खैरी चन्दनपुर ,सुर्यपटुवा गाबिस र राजापुर नगरपालीकामा ज्ञान सेवा कार्यक्रम संचालन गरिरहेको छ ।

x

Check Also

कार्यकर्ता भेटघाटमा सम्वोधन गर्दै नेपाली कांग्रेशका महासमिति सदस्य तथा तरुणदलका पूर्व कार्यवाहक अध्यक्ष जन्मजय तिमिल्सीना

कांग्रेशको घरदैलो भेटघाट

केशव कोइराला फागुन ८–राजापुर स्थानिय निकायको चुनावलाई मद्य नजर गर्दै नेपाली कांग्रेशले बर्दियाको राजापुरमा घरदैलो ...