dhan-godam

समयमै धानको मुल्य निर्धारण गरिएन , बर्दिया राजापुरका किसान मर्कामा

केशव कोइराला
कार्तिक,२३ — बर्दिया ।
धानको मुल्य निर्धारण नगरिदा बर्दिया राजापुरका किसानहरु मर्कामा परेका छन् । धान भित्राइ सकेपनी नेपाल खाद्य सँस्थानले धानको मुल्य निर्धारण नगर्दा किसानहरु मर्कामा परेका हुन् ।
आर्थिक जोहका लागी धान बिक्री गर्ने किसानहरु स्थानिय बजारको मनोमानी मुल्यमा धान बिक्री गर्नु बाध्यता आएको सुनाउछन् । नेपाल खाद्य सँस्थान आधुनिक चामल कारखाना राजापुरका प्रबन्धक भोजराज पाण्डेले नेपाल खाद्य सँस्थान केन्द्रिय कार्यलय काठमाण्डौमा मुल्य निर्धारणकालागी पत्राचार गरिसकेकाले अव छिट्टै मुल्य निर्धारण हुने बताउनु भयो । प्रबन्धक पाण्डेले किरानतर्फ इंकित गर्दै भन्नुभयो ।“१ हप्ता पर्खनुहोस न्यायोचित मुल्य निर्धारण हुन्छ ”। न्ोपाल खाद्य सँस्थानले निधारर्ण गरेकोमुल्यमा प्रमुख जिल्ला अधिकारी जिल्ला कृषी बिकाश कार्यलय,जिल्ला दररेटसमिती र स्थानिय किसान बसेर नयाँमुल्य निधारर्ण गरिने प्रबन्धक पाण्डेले जानकारी दिनुभयो । अहिले स्थानिय बजारमा मोटो धान प्रतिक्इन्टल २ हजार ५० सय रुपैयामा खरिद भइरहेकोछ । जसमा प्रतिक्इन्टल पलिदारी समेत किसानकै भाग बाट मात्र काट्ने गरेको किसानहरुको भनाई छ ।

x

Check Also

कार्यकर्ता भेटघाटमा सम्वोधन गर्दै नेपाली कांग्रेशका महासमिति सदस्य तथा तरुणदलका पूर्व कार्यवाहक अध्यक्ष जन्मजय तिमिल्सीना

कांग्रेशको घरदैलो भेटघाट

केशव कोइराला फागुन ८–राजापुर स्थानिय निकायको चुनावलाई मद्य नजर गर्दै नेपाली कांग्रेशले बर्दियाको राजापुरमा घरदैलो ...