आशा वारे जानकारी दिदै ।
आशा वारे जानकारी दिदै ।

आशा र उमंगकालागी आशाके महोत्सव तथा चंगाई कार्यक्रम राजापुरमा

शोभा कोइराला
२५,कार्तिक–राजापुर ।
बर्दियाको राजापुरमा आशाके महोत्सव तथा चंगाई कार्यक्रम आजदेखि सुरु भएको छ । नयाँ जिवन चर्च राजापुरको आयोजनामा सरस्वती क्लवको खुल्ला मैदानमा जारी महोत्सवको व्यवस्थापिका संसद मानबहादुर थारुले उद्घाटन गर्नुभयो ।
प्रभुयशु खृष्ठले देखाएको वाटो र उनले आनन्दित जीवनकालागी गरेका प्रयासवारे सचित्र प्रस्तुत गरि कसरी आशा र उमंग लिन सकिन्छ भन्ने धेयका साथ आयोजित महोत्सवमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी मानवहादुर थारुले धर्म वाध्यकारी नभई सो इच्छा भएकाले सवैले खुलेरै आफ्नो धर्मको प्रचार गर्न पाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । संबिधानमा हाम्रो देश धर्म निरपेक्ष भइसकेको तर्फ इंकित गर्दै स्वतन्त्र रुपमा धर्म मान्न पाउने अधिकार भएको प्रष्ट पार्नुभयो ।
कार्यक्रमका बिषेष अतिथी तथा व्यवस्थापीका सांसद कसीम अलि सिद्दीकिले आफु मुस्लीम भएपनी फरक धर्मको कार्यक्रममा सहभागि हुन पाएकोमा खुशी व्यक्त गर्दै बिश्वमा जति धर्म भएपनी सवैको मर्म एउटै भएको बताउनु भयो ।
महोत्सवमा चर्चित हास्य कलाकार सुलेमान शंकर इक्कुले प्रस्तुति देखाउनु भएको थियो । यस्तै महोत्सवमा बिभिन्न नृत्य तथा गित समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा बिभिन्न बिदेशी राष्ट्रका पास्टरहरु नेपाल खृष्टीयनका केन्द्रिय कोषध्यक्ष पुर्ण रसाइली बिभिन्न राजनीतिक दलका प्रमुख प्रतिनीधि सघसँस्थाका प्रमुख प्रतिनिधी पत्रकार बिभिन्न चर्चका पास्टरहरु सहभागि थिए । महोत्सव यहि कार्तिक २६ गते सम्म चल्नेछ ।

x

Check Also

कार्यकर्ता भेटघाटमा सम्वोधन गर्दै नेपाली कांग्रेशका महासमिति सदस्य तथा तरुणदलका पूर्व कार्यवाहक अध्यक्ष जन्मजय तिमिल्सीना

कांग्रेशको घरदैलो भेटघाट

केशव कोइराला फागुन ८–राजापुर स्थानिय निकायको चुनावलाई मद्य नजर गर्दै नेपाली कांग्रेशले बर्दियाको राजापुरमा घरदैलो ...