भौराटप्पा क्षेत्रमा थारु सँग्रालय निमार्ण गरिने

केशव कोइराला
पौष–३ राजापुर
बर्दियाको भौराटप्पा क्षेत्रमा थारु सँग्रालय निमार्ण गरिने भएको छ । बहुवर्षिय आयोजना अन्र्तगत यसै आर्थिक बर्षदेखी थारु संग्रालयको निमार्ण गरिने व्यवस्थापिका संसद सदस्य तथा थरुहट तराईपार्टी नेपालका बरिष्ठ नेता डाक्टर गोपाल दहितले बताए । पटक–पटक गाँउ परिषद, नगर परिषदमा प्रस्ताव गरेपनी यसै आर्थिक बर्ष २०७३–०७४ वाट सुरु गर्नेगरी सरकारी रातो कितावमा परेपछी थारु संग्रालय बन्ने पक्का भएको हो ।
थारु संग्रालय निमार्णकालागी अहिले भौतिक संरचनाको नक्सांकन कार्य भइरहेको छ । अवको १ महिना पछी स्थलगत कार्य थालनी गरिने सांसद दहितले जनाए ।
राजापुर नगरपालीका अन्र्तगत हालको वडा नम्वर ४ र ५ को बिचमा पर्नेगरी वालावजार आसपासमा ५ विगाह जग्गाको खोजी भैरहेको सांसद दहितले बताए । उनले भने“ यस आर्थिक बर्षमा १ करोढ ५० लाख रुपैया निकासा गरिन लागेको छ । बहुवर्षिय योजना हो निमार्ण सम्पन्न हुन १५–१६ करोड रुपैया लाग्छ” । नेपाल सरकार पर्यटन मंत्रालय अन्र्तगत निमार्ण हुन लागेको थारु संग्रालयमा थारु सँकृति झल्कनेगरी थारु पहिरन ,प्रयोगमा ल्याउने औजार, लगायत थारुको जीवनमा आवश्यकपर्ने सवै कुराहरु राखिने छ । यसका साथै पुस्तकालय सहितको सूचना केन्द्र,थारुपरिकार, हस्तकला बिक्री स्टल र सभागृह निमार्ण गरिने छ । थारु संग्रालयलाई अनुसन्धान केन्द्रको रुपमा समेत बिकास गर्ने लक्ष्य रहेको सांसद दहितले बताए ।
थारु संग्रालय निमार्ण पश्चात भौराटप्पा क्षेत्रका बासिन्दाको आर्थीक स्तरमा बृद्विहुने समेत अपेक्षा गरिएको यहाँका जानकारको भनाई छ । आन्तरिक तथा वाह्य पर्यटकले भ्रमण गर्न सक्ने हुँदा अर्थ पर्यटनका कारण बिदेशी तथा स्वदेशी पैसा भित्र्याउन सकिने सम्भावना बलियो छ ।

x

Check Also

सम्भव भएसम्म केही दिन भित्रै सरकारले गाउंपालिका र नगरपालिका घोषणा गर्नेः मंत्री महरा

दुर्गा देवकोटा माघ १३, टिकापुर उपप्रधान तथा अर्थ मन्त्रि कृष्णबहादुर महराले पुर्नसंरचना आयोगले प्रतिवेदन बुझाइसकेको ...