सम्भव भएसम्म केही दिन भित्रै सरकारले गाउंपालिका र नगरपालिका घोषणा गर्नेः मंत्री महरा

दुर्गा देवकोटा
माघ १३, टिकापुर
उपप्रधान तथा अर्थ मन्त्रि कृष्णबहादुर महराले पुर्नसंरचना आयोगले प्रतिवेदन बुझाइसकेको बताउंदै सम्भव भएसम्म केही दिन भित्रै सरकारले गाउंपालिका र नगरपालिका घोषणा गर्ने बताएका छन् । कैलालीको टीकापुरमा टिकापुर महोत्सव २०७३ को उद्घाटन गर्दै यस्तो बताए । मन्त्री महराले देशले स्थायित्व र आर्थिक विकास खोजेको बताउंदै सरकारले पुनर्निमाण, संविधान कार्यान्वयन, स्थानीय तहको निर्वाचन गर्ने कुरालाई राष्ट्रिय एजेण्डाका रुपमा अघि बढाइरहेको बताए । उनले भने “नेपालमा नयां अभ्यास शुरु गर्ने कार्य स्थानीय तहबाट हन्छ । निर्वाचनको तयारीमा लाग्नु होस”। अर्थमन्त्री महराले स्थानीय निर्वाचनपछि जनताका माग स्थानीय स्तरमा सम्बोधन हुने भएकोले दिगो विकासका लागि सक्षम सवल स्थानीय नेतृत्व बनाउन समेत सुझाव दिएका छन् । आयोजक उद्योग वाणिज्य संघ टीकापुरले अर्थमन्त्री महरालाई ७ बुंदै माग पत्र बुझाएको छ । सात वटा मागमा कैलाली र बर्दिया जोड्ने सनकट्टी घाटमा पक्की पुल निर्माण र सडक कालोपत्रे, सत्ती छोटी भन्सार कार्यालयलाई व्यवस्थित बनाई मूल भन्सार बनाउनुपर्ने, पर्यटकीय क्षेत्र चिसापानी देखि अछामको मंगलसेन हुंदै कर्णाली अञ्चल जोड्ने सडक कालोपत्रे र निर्माण गर्नुपर्ने, टीकापुरस्थित हवाई मैदान कालोपत्रे गरी हवाई सेवा संचालन, २०७२ भदौं ७ गतेको घटनापछि आगजनीमा परेकालाई राहत र क्षतिपूर्तिको व्यवस्था, भारतीय केरा भित्रिएका कारण कैलालीका केरा व्यवसायी मारमा परेकोले आवश्यक व्यवस्था हुनुपर्ने, बन्द अवस्थामा रहेको सत्तीस्थित क्वारेन्टाइन कार्यालय पुनः संचालनका लागि पहल गरिदिन माग गरेको छ ।

x

Check Also

भौराटप्पा क्षेत्रमा थारु सँग्रालय निमार्ण गरिने

केशव कोइराला पौष–३ राजापुर बर्दियाको भौराटप्पा क्षेत्रमा थारु सँग्रालय निमार्ण गरिने भएको छ । बहुवर्षिय ...