१९ लाख ६८ हजार ७ सय ८९ रुपैयाको लागतमा थारु सोनाहा होमस्टे संग्रहालय तथा तालिम भवनको लुम्बिनी प्रदेश सांसद दिपेश थारु द्वारा उद्घाटन ।

लुम्बिनी प्रदेश सांसद दिपेश थारुले संङ्ग्राहालयको विकास र थप संरचनाका लागि तत्कालै प्रदेश सरकारका तर्फबाट १० लाख सहयोग गर्ने प्रतिबद्धता ।

मिन अधिकारी बर्दिया
मंसिर ३० गते
बर्दियाको राजापुर नगरपालिका वडा नं. १ मुरगहवामा थारु सोनाहा होमस्टे संग्रहालय तथा तालिम भवनको उद्घाटन गरिएको छ । पश्चिम नेपालका केही जिल्लामा मात्रै रहेका सोनाहा जाति लोपोन्मुख तथा अल्पसंख्यक जातिमा पर्ने गर्दछन् । नेपालका ठुला नदी किनारमा बसोवास गर्ने सोनाहा जातिको मुख्य पेशा नै नदीको वालुवामा सुन चाल्ने र माछा मार्ने भए पनि आधुनिक युवाहरु अन्य पेशामा लाग्न थालेका छन् ।

पानीमा खेल्न र सिकार गर्न सिपालु सोनाहा जातिले अहिले विभिन्न पेशा र व्यवसाय थालेको सोनाहा विकास समाजका  अध्यक्ष बलबहादुर  सोनाहाले वताउनु भयो । आज आफ्नो जाति र थारु जातिको विकास’का लागि होम स्टे संग्राहालय र तालिम भवन निर्माण हुनु अत्यन्तै सुखद पक्ष भएको उहाँको भनाई छ ।

 कार्यक्रममा सम्वोधन गर्दै बर्दिया क्षेत्र नं. २ ख का लुम्बिनी प्रदेश सांसद दिपेश थारुले संङ्ग्राहालयको विकास र थप संरचनाका लागि तत्कालै प्रदेश सरकारका तर्फबाट १० लाख तथा व्यवसाय प्रवद्र्धन गर्ने प्रस्तावना सहित आएमा संस्कृति तथा पर्यटन मन्त्रालयबाट आवश्यक सहयोगका लागि पहल गर्ने वताउनु भयो । थारु तथा सोनाहा जातिले आफ्नो पेशा निर्वाद रुपले गर्न पाउने र स्थानीय मदिरा उत्पादन एवम् विक्री वितरणमा सरकारले नै सहजीकरण गरेमा छोटो समयमै आर्थिक प्रगति हुने सम्भावना रहेको बर्दिया क्षेत्र नं. २ ख का लुम्बिनी प्रदेश सांसद थारुले वताउनु भयो ।

उद्घाटन कार्यक्रममा वोल्दै वडाध्यक्ष तथा विशिष्ट अतिथि खुशीराम चौधरीले आफुले वडा तथा नगरपालिकाबाट हुन सक्ने सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि सहयोगका लागि प्रतिबद्ध रहेको जानकारी दिनु भयो । विकास र आर्थिक समृद्धिको प्रसस्त सम्भावना रहे पनि यो क्षेत्रका धेरै जातिहरु चेतनाको अभावले अगाडि आउन नसकेको वडाध्यक्ष चौधरीको भनाई छ । थारु सोनाहा होमस्टेका अध्यक्ष इन्द्रदेवी थारुको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै छोटो समयमा थारु सोनाहा होमस्टेले धेरै स्थानीय पर्यटकहरुको विश्वास जितेको वताउदै यहाँको समग्र विकासका लागि स्थानीय प्रदेश र संघीय सरकारले लगानी बढाउनुका साथै सीपमूलक तालिमहरुको आयोजना गर्नु पर्ने भन्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।

थारु सोनाहा होमस्टेका अध्यक्ष इन्द्रदेवी थारुको अध्यक्षतामा आयोजित कार्यक्रममा बर्दिया क्षेत्र नं. २ ख का लुम्बिनी प्रदेश सांसद दिपेश थारुप्रमुख अतिथि र वडा नं. १ का वडाध्यक्ष खुशीराम चौधरी र गुड नेवर्स इन्टरनेसनल नेपाल जिविकोपार्जन प्रवन्त्रक गणेश ढकाल विशिष्ट अतिथि रहनु भएको थियो ।

। कुल १९ लाख ६८ हजार ७ सय ९८ रुपैयाको लागतमा निर्मित भवनमा गुड नेवर्सर इन्टरनेसनल नेपाल जिविकोपार्जन, सोनाहा विकास समाजको ९,लाख७० हजार नगद तथा होमस्टेबाट ९लाख ९८ हजार ७ सय ८५ रुपैया वरावरको जनश्रमदान गरिएको छ । थारु सोनाहा होमस्टे गुड नेवर्सर इन्टरनेसनल नेपालको आर्थिकसहयोग सोनाहा विकास समाजको आयोजनामा गरिएको कार्यक्रमको समन्वय राजापुर नगरपालिकाले गरेको थियो ।

प्रतिकृया दिनुहोस

सोनाह समुदाय अझै लोपोन्मुख आदिवासीमा सुचिकृत हुन सकेन

  बर्दिया । बर्दिया, कैलाली र कञ्चनपुरमा बस्दै आएको सोनाह समुदाय अझै सुचिकृत हुन सकेको छैन् । लोपोन्मुख आदिवासीमा सुचिकृत गरिनुपर्ने दशकौंदेखिको

शिक्षकहरुलाई सम्मान

तिर्थ वहादुर सिंह असोज,–२०, बर्दिया । दशैको अवसर पारेर यहाँका अबकाश प्राप्त तथा कार्यरत शिक्षकहरुलाई सम्मान गरिएको छ । युवा शसक्तीकरण नेपाल

बालवालिकाको अवस्था वारे तथ्यगत खोजि आवश्यक

केशव कोइराला असोज, ४ बर्दिया । साच्चिकै बालबालिका माथी न्याय गर्नेहो भने उनिहरुको अबस्थाबारे तथ्यको खोजी गरिनुपर्ने आबश्यकता अपरिहार्य रहेको एक