सोनाह बिकास समाजको बार्षिक समिक्षा सम्पन्न


साथी समाचार डेस्क
पुष,१५ सोनपुर ।
सोनाह बिकास समाजले सार्वजनिक लेखा परिक्षण तथा सरोकारवाला संग समिक्षा बैठक सम्पन्न गरेको छ । सन् २०२० मा तय गरेका बिषयगत प्रस्तावित कार्यक्रम पूर्ण हुन नसकेपनी बिश्वव्यापी महामारी कोरोना भाइरस जोखिम न्यूनिकरणमा सहयोग गरेको समाजले जनाएको छ । समाजले बाल प्रायोजन तथा संरक्षण, शिक्षा, स्वास्थ्य तथा सरसफाई, जिविकोपार्जन, वकालत तथा पैरबी, अनुगमन तथा मुल्यांकन, परियोजना ब्यवस्थापन लगाएतका कार्यक्रममा १ करोड ४९ लाख ७० हजार ६ सय २८ रुपैया खर्च गरेको सामुदायिक विकास परियोजना संयोजक रत्न केसीले बताउनु भयो । कुल बजेट १ करोड ५० लाख ३९ हजार ९ सय ३४ मध्य ९९.५३ प्रतिषत खर्च गरेको  बाँकी ६९ हजार ३ सय ६ रुपैया आगामि कार्यक्रममा खर्च गरिने संयोजक केसीले जानकारी गराउनु भयो ।

गुडनेभर्स इन्टरनेश्नल नेपाल गर्दै आएका कार्यक्रम बारे कार्यक्रमका संयोजक तेज प्रकास शर्माले कार्यपत्र समेत प्रस्तुत गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी राजापुर नगरपालीकाका प्रमुख शिव प्रसाद चौधरीले परियोजनाले नगरपालीका सँग समन्वय गर्नुका साथै नगरपालीकाले सहयोग गर्न तयार रहेको बताउनु भयो ।

  सोनाहा विकास समाजका अध्यक्ष बल बहादुर सोनाहाको अध्यक्षतामा भएको लेखा परिक्षणको कार्यक्रममा  गेरूवा गाउँ पालिका उपाध्यक्ष हिमा कुमारी थारू,  मधुवन नगरपालिका उपप्रमुख शुबरानी थारू, राजापुर नगरपालिका वडा नं.१ का वडाध्यक्ष खुशीराम थारू, मधुवन नगरपालिका वडा नं.५ का अध्यक्ष कर्ण बहादुर खड्का, गेरूवा गाउँपालिका वडा नं.१ का अध्यक्ष दयाराम बैद्य, वडा नं.२ का अध्यक्ष आलोक थारू, वडा नं.३ का अध्यक्ष पुनाराम थारू, वडा नंं.४ का अध्यक्ष बल बहादुर चलाउने र वडा नं.६ का कार्य बाहक अध्यक्ष अमित कुमार खड्का लगाएत तीन वटै स्थानिय तहको शिक्षा शाखा, पशु सेवा शाखा, बिद्यालय, सहकारीको प्रतिनिधीहरू साथै सिडिसी पिएम्सीका सदस्यहरू, परियोजनाको कर्मचारीहरूसहभागी थिए ।

प्रतिकृया दिनुहोस

सोनाह समुदाय अझै लोपोन्मुख आदिवासीमा सुचिकृत हुन सकेन

  बर्दिया । बर्दिया, कैलाली र कञ्चनपुरमा बस्दै आएको सोनाह समुदाय अझै सुचिकृत हुन सकेको छैन् । लोपोन्मुख आदिवासीमा सुचिकृत गरिनुपर्ने दशकौंदेखिको

पहिचानकालागी लडाई लड्नु दुखःद - प्रदेश प्रमुख शेरचन

केशव कोइराला असोज १८,–बर्दिया । लुम्बीनि प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बिश्वका बिकशित राष्ट्रहरुले चन्द्रमामा बस्ति बसाउने योजना गरिरहँदा

बर्दियाको गेरुवा गाउँपालिकाको १०औ गाउँ सभा सम्पन्न

तिर्थ वहादुर सिंह गेरुवा, – पशुपतिनगर । असार १०,बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकाको १०औ गाउँ सभा सम्पन्न भएको छ । समृद्ध गेरुवा गाउँपालिका