उद्योग बाणिज्य संघद्वारा नव आगन्तुक प्रमुख प्रशासकिय अधिकृत न्यौपानेको स्वागत


साथी समाचार
फाल्गुण ९,–बर्दिया ।

राजापुर नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले आफु सुन्य भ्रष्टाचार अभियानमा लागेको बताउनु भएको छ । बर्दिया उद्योग बाणिज्य संघले आयोजना गरेको सम्मान कार्यक्रममा सम्मान ग्रहण गर्दै यस्तो बताउनु भएको हो । राष्ट्रसेवक कर्मचारी भनेको जनताको सेवक भएकाले सेवा प्रवाहमा कुनै कसुर बाँकी नराख्ने उहाँको तर्क छ । सुन्दर राजापुरको परिकल्पना आफुले चाहेको भन्दै यसै तर्फ अग्रसर रहने समेत प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले बताउनु भयो ।

 बर्दिया उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कुमार रेग्मीले नव आगन्तुक प्रमुख प्रशासकिय अधिकृत बिकास प्रेमी भएको भन्दै व्यापारीले सहयोग गर्नुपर्ने धारणा राख्नु भयो । प्रमुख प्रशासकिय अधिकृत न्यौपानेमाथी नगरपालिमा गरिएको व्यवहार तानाशाही भएको अध्यक्ष रेग्मीको आरोप छ ।


स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै बिकास प्रेमी समुह बर्दियाका सल्लाहकार सुर्य केसीले पछिल्लो समय व्यक्ती बादि चरित्र हावि भएकाले कुशल प्रशासकलाइ टिक्न नदिन गरिएको खेल निन्दनिय भएको बताउनु भयो ।

 
कार्यक्रममा समाजसेवी नरेन्द्र बिक्रम जिसी, बिकास प्रेमी समुह राजापुरका संयोजक शिशिर शर्मा,बर्दिया उद्योग बाणिज्य संघका उपाध्यक्ष चन्द्रश्वर शर्मा महासचिव केदार थापा ,उद्योग बाणिज्य संघका पदाधिकारी  पत्रकार सहभागी थिए ।

 

प्रतिकृया दिनुहोस

शिक्षा तथा सामाजिक विकास मन्त्रालयद्वारा उत्कृट शिक्षकहरुलाई सम्मान

बर्दियामा शिक्षा तथा सामाजिक विकास मन्त्रालयद्वारा ८ वटै पालिकाका उत्कृट शिक्षकहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ । कार्य क्षेत्रमा थप

वर्दिया उद्योग वाणिज्य संघको पहलमा त्रिपक्षीय अन्तक्रिया सम्पन्न ।

 मिन अधिकारी फागुन २८ गते बर्दिया  राजापुरमा बजार दर्ता प्रक्रिया वारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । राजापुर वजार दर्ता नभएर लामो

राजापुर नगरपालिका र गेरुवा गाउँपालिका भित्रका १४ विद्यालयमा अध्ययनरत कक्षा १० र १२ उत्तिर्ण विद्यार्थीहरुलाई युनिक छात्रवृत्ति वितरण ।

 मिन अधिकारी राजापुर फागुन २५गते बर्दियाको राजापुर नगरपालिकामा रहेको युनिक नेपालले यस क्षेत्रका गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति