राजापुर नगरपालिका र गेरुवा गाउँपालिका भित्रका १४ विद्यालयमा अध्ययनरत कक्षा १० र १२ उत्तिर्ण विद्यार्थीहरुलाई युनिक छात्रवृत्ति वितरण ।

शिक्षा क्षेत्रलाई अगाडि बढाउन आफु निरन्तर प्रयासरत रहेको युनिक नेपालका संरक्षक तथा पूर्व भूमि सुधार मन्त्री डा गोपाल दहितको भनाई ।

 मिन अधिकारी राजापुर फागुन २५गते
बर्दियाको राजापुर नगरपालिकामा रहेको युनिक नेपालले यस क्षेत्रका गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

राजापुर नगरपालिका र गेरुवा गाउँपालिका भित्रका १४ सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १० र १२ उत्तिर्ण विद्यार्थीहरुलाई छात्रवृत्ति रकम प्रदान गरेको हो । छात्रवृत्ति वितरण तथा सम्मान कार्यक्रममा सहभागि कक्षा १० उत्तिर्णलाई जेहेन्दार तथा गरिव १०० विद्यार्थीहरुलाई जनही ७ हजार र १२ उत्तीर्ण २५ जना विद्यार्थीलाई ८ हजारका दरले रु ९ लाख रकम प्रदान गरिएको हो ।

कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई छात्र वृत्ति रकम प्रदान गर्दै प्रमुख अतिथि युनिक नेपालका संरक्षक तथा पूर्व भूमि सुधार मन्त्री डा गोपाल दहितले यस क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीहरुलाई चेक हस्तान्तरण गर्नु भयो । आफु यो क्षेत्रमा हुर्केको वताउदै प्रमुख अतिथि डा दहितले शिक्षा क्षेत्रलाई अगाडि बढाउन आफु निरन्तर प्रयासरत रहेको वताउनु भयो ।

यस क्षेत्रका नागरिकहरुरु विपन्न अवस्थामा रहेकाले आफ्ना वालवालिकाहरुलाई उच्च शिक्षा अध्ययन गराउन नसक्ने अवस्थामा रहेकाले युनिक नेपालले उच्च शिक्षा हासिल गर्नका लागि युनिक छात्रवृत्ति लागुगरी प्रत्येक वर्ष छात्रवृत्ति वितरण गर्दै आएको र यसलाई निरन्तरता दिने कार्यक्रमका सभाध्यक्ष तथा युनिक नेपालका अध्यक्ष प्रिमलाल थारुले वताउनु भयो ।

कार्यक्रममा गेरुवा गाउँपालिकाको एकप्रिय राठौर मा वि पाताभार, जानकी माध्यमिक विद्यालय र राजापुर नगरपालिकाको जनचेतना मा वि खैरीचन्दनपुरबाट धेरै विद्यार्थीले छात्रवृत्ति पाउन सफल भएको भन्दै विद्यालयलाई सम्मान गरिएको हो ।कार्यक्रममा उपस्थिति अतिथि तथा विद्यार्थीहरुलाई महासचिव महादेव रत्गैयाले स्वागत मन्तव्य दिनु भएको थियो । कार्यक्रममा नेपाली काङ्गे्रशका नेता जन्मजय तिमिल्सेना, वडा नं. ४ का वडाध्यक्ष रमन कुमार रेग्मी, बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार रेग्मी, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्न्द्र प्रसाद धिताल, प्रेश युनियनका अध्यक्ष विनय राज भण्डारी, दुबै पालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, कुलापानी चौधरीले निरन्तरताको शुभकामना दिनुभएको थियो । युनिक नेपालका पदाधिकारीहरु, विद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक सोम प्रसाद डेमनरौराले गर्नु भएको थियो ।

 

प्रतिकृया दिनुहोस

सोनाह समुदाय अझै लोपोन्मुख आदिवासीमा सुचिकृत हुन सकेन

  बर्दिया । बर्दिया, कैलाली र कञ्चनपुरमा बस्दै आएको सोनाह समुदाय अझै सुचिकृत हुन सकेको छैन् । लोपोन्मुख आदिवासीमा सुचिकृत गरिनुपर्ने दशकौंदेखिको

पहिचानकालागी लडाई लड्नु दुखःद - प्रदेश प्रमुख शेरचन

केशव कोइराला असोज १८,–बर्दिया । लुम्बीनि प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बिश्वका बिकशित राष्ट्रहरुले चन्द्रमामा बस्ति बसाउने योजना गरिरहँदा

बर्दियाको गेरुवा गाउँपालिकाको १०औ गाउँ सभा सम्पन्न

तिर्थ वहादुर सिंह गेरुवा, – पशुपतिनगर । असार १०,बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकाको १०औ गाउँ सभा सम्पन्न भएको छ । समृद्ध गेरुवा गाउँपालिका