वाल अधिकार स्थानियकरणमा चुनौति बारे छलफल


केशव कोइराला
बैशाख–३, बर्दिया ।


बाल अधिकार स्थानियकरण तथा कार्यन्वयनमा देखिएका चुनौति बारे आज छलफल गरिएको छ । नगरस्तरिय बाल अधिकार समिती राजापुरले आयोजना गरेको बैठकमा यस्तो छलफल गरिएको हो । छलफलमा अधिकाशं बालिकाहरु बिद्यालय जान किन सकिरहेका छैनन् ? बाल बिबाह किन भैरहेको छ । कानुनि रुपमा बालबालिकाहरुको अधिकार के छ ?  किशोर किशोरीहरुकालागी यौन शिक्षा किन आवश्यक छ भन्ने बिषयबारे गहन छलफल गरिएको छ ।


कार्यक्रममा बाके युनेस्को क्लवका कार्यक्रम संयोजक बसन्तकुमार गिरीले कार्यपत्र समेत प्रस्तुत गर्नुभयो । कार्यपत्रमा बालअधिकारको कानुनि व्यवस्था,बर्दिया जिल्लामा बाल अधिकारको अवस्था, मुख्य चुनौति,समाधानका उपायहरु, र अवको प्राथमिकता तथा संघिय सरकारका प्राथमिकता बारे प्रस्तुत गरिएको छ ।  


बालबालिकाहरुको पहिलो घेरा परिवारवाटै अन्धबिश्वास कुरीति का कारण बालबिवाह भइहिंसाको शिकार बन्नु पर्ने भएको हुँदा कानुनी दायरामा ल्याउनुपर्ने, बालअधिकार हननका घटना कहाँभइरहेका छन् कसले रिर्पोटिङ गर्ने भन्ने अन्यौलता बाल हेल्पलाईन नम्वर १०९८ को व्यवस्था जस्ता चुनौतिका कारण बालअधिकार स्थापित गर्न नसकिएको बैठकमा बताइयो ।


बालअधिकार समितकिो गठन तथा सवलिकरण, निति कार्यबिधि तर्जुमा तथा कार्यन्वयन,बालकोषको स्थापनता तथा संचालन,स्थानिय बाल मनोबिज्ञ तथासमाजसेवीको सुचिकरण,बालअधिकार अधिकृतको व्यवस्थापन,र बाल हेल्पलाइन १०९८ को संचालन अवको प्राथमिकता भएकाले सरकारले ध्यान दिन जरुरी रहेको सहभागिहरुको निष्कर्ष छ ।
कार्यक्रममा सरोकारवाला,बाल अधिकार समितीका पदाधिकारीहरु सहभागी भएको बाँके युनेष्को क्लवका सुपर भाइजर संजिता रिजालले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस

सोनाह समुदाय अझै लोपोन्मुख आदिवासीमा सुचिकृत हुन सकेन

  बर्दिया । बर्दिया, कैलाली र कञ्चनपुरमा बस्दै आएको सोनाह समुदाय अझै सुचिकृत हुन सकेको छैन् । लोपोन्मुख आदिवासीमा सुचिकृत गरिनुपर्ने दशकौंदेखिको

पहिचानकालागी लडाई लड्नु दुखःद - प्रदेश प्रमुख शेरचन

केशव कोइराला असोज १८,–बर्दिया । लुम्बीनि प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बिश्वका बिकशित राष्ट्रहरुले चन्द्रमामा बस्ति बसाउने योजना गरिरहँदा

बर्दियाको गेरुवा गाउँपालिकाको १०औ गाउँ सभा सम्पन्न

तिर्थ वहादुर सिंह गेरुवा, – पशुपतिनगर । असार १०,बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकाको १०औ गाउँ सभा सम्पन्न भएको छ । समृद्ध गेरुवा गाउँपालिका