बाल यौन शोषण बिरुद्दको बहुबर्षिय योजना निमार्णकालागी राजापुर नगरपालिकाद्धारा मस्यौदा तयार

छिट्टै पारित गरि कार्यन्वयनमा ल्याइने

केशव कोइराला
असोज १
राजापुर नगरपालिकामा बाल यौन शोषण बिरुद्दको बहुबर्षिय योजना निमार्णकालागी मस्यौदा तयार गरिएको छ । यौन दुव्र्यवहारका घटनाहरु कसरी सून्यमा पुर्याउन सकिन्छ भन्ने उदेश्यले  प्लान नेपाल साथी सँस्था,कमैया महिला जागरण समाज  नेपाल र एक्सनएडको सहयोगमा बाल यौन शोषण बिरुद्धको मस्यौदा तयार गरिएको हो ।

राजापुर नगरपालिकाले आयोजना गरेको २ दिने कार्यशालामा नगरपालिकामा रहेका वालवालिकाको अवस्था, कस्तो अवस्थामा यौनको शिकार हुन्छन् , कस्ता कारणवाट यौन शोषणको शिकारमा पर्छन, आफुमाथि आइपर्ने घटनाहरु भन्न नसक्नुका कारणहरु के हुन् यस बारे सो क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी सँस्थाहरु सँग समन्वय गर्ने गरी बहुबर्षिय योजनाकालागी मस्यौदा तयार गरिएको हो ।  

कार्यक्रममा बर्तमान अवस्थामा बालबालिकाले भोगिरहेका योनजन्य दुव्र्यवहार, यसको संरक्षणका उपायहरु, कानुनि व्यवस्थाहरु ,वालयौन दुव्र्यवहार रोकथामकालागी हाम्रो लक्ष्य के रहेने भन्ने वारेमा वालवालिका मनोबिमर्शकर्ता भिम अवस्थीले सहजीकरण गर्नुभएको थियो ।

राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरीको अध्यक्षतामा आयोजित कार्यशालामा प्रमुख अतिथीको रुपमा बोल्दै नगर उप प्रमुख मनकला कुमारी चौधरीले जननिर्बाचीत पदाधिकारीहरुले पहिलोपटक धेरै अभ्यास गर्नुपर्ने भएकालेपनी धेरै कुराहरु कार्यन्वयनमा सहमस्या भएको भन्दै नगरपालिका बालबालिकाहरुका बारेमा समेत रणनितिक योजनाका साथ अगाडी बढ्ने नगरपालिका प्रतिवद्ध रहेको भन्दै बालवालिकाको अवस्था वारे सतही अध्ययन गर्नुपर्ने खाचौ औल्याउनु भयो । बिभिन्न क्षेत्रमा रहेका बालबालिकाको अवस्था कस्तो छ उनिहरुको क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी सँस्थाहरु को को छन् र उनिहरुले कस्ता खाले काम गर्दैछन् यसवारे पालिकाले बुझेर अगाडी बढुने दृढता व्यक्त गर्नुभयो ।  

 

प्रतिकृया दिनुहोस

सोनाह समुदाय अझै लोपोन्मुख आदिवासीमा सुचिकृत हुन सकेन

  बर्दिया । बर्दिया, कैलाली र कञ्चनपुरमा बस्दै आएको सोनाह समुदाय अझै सुचिकृत हुन सकेको छैन् । लोपोन्मुख आदिवासीमा सुचिकृत गरिनुपर्ने दशकौंदेखिको

शिक्षकहरुलाई सम्मान

तिर्थ वहादुर सिंह असोज,–२०, बर्दिया । दशैको अवसर पारेर यहाँका अबकाश प्राप्त तथा कार्यरत शिक्षकहरुलाई सम्मान गरिएको छ । युवा शसक्तीकरण नेपाल

बालवालिकाको अवस्था वारे तथ्यगत खोजि आवश्यक

केशव कोइराला असोज, ४ बर्दिया । साच्चिकै बालबालिका माथी न्याय गर्नेहो भने उनिहरुको अबस्थाबारे तथ्यको खोजी गरिनुपर्ने आबश्यकता अपरिहार्य रहेको एक