हाम्रो बारेमा

विभिन्न क्षेत्रबाट पिछडिएको मद्य पश्चिमाञ्चल बिकास क्षेत्रको आर्थिक, सामाजिक, शैक्षिक,स्वास्थ्य, पर्यटकीय क्षेत्र लगायत बिभिन्न समस्यालाई आमसञ्चारका माध्यमबाट राष्ट्रिय बहसको बिषय बनाउने र सम्बन्धित निकायलाई समस्या समाधानका लागि  पहरेदारी गर्ने उदेश्यले बिभिन्न क्षेत्रका व्याक्तीहरुको सहकार्यमा लामो समयदेखी संचार क्षेत्रमा काम गरेका व्याक्तहिरुको सँलग्नतामा २०७१ पौष २ गते कम्पनि रजिष्टारको कार्यलय त्रिपुरेश्वर काठमाण्डौमा राजापुर कम्यूनिकेशन प्रालीको दर्तागरि रेडियो संचालनको प्रस्तावना तयार गरिएको हो ।
संस्था स्थापना पश्चात २०७१ चैत्र १९ गते रेडियोको सञ्चालनको लागि सुचना तथा सञ्चार मन्त्रालयले अनुमती दिइ २०७२ जेठ ९ गते देखी समुदायमा ध्वनी दिन शुरु गरेको रेडियोले भदौ १ गतेवाट समाचार मुलक सामग्री सहित समाज परिवर्तनका सन्दर्भमा समसामयीक कार्यक्रमको प्रसारण शुरु गरेको हो ।   हामी विश्वस्त छौ ,यस रेडियोले बर्दिया जिल्लाको भौरा टापु ( नदिले घेरिएको ) क्षेत्रका बिभिन्न जातजाती भाषा धर्म र सँस्कृती बोकेका बासिन्दाको आवाज बुलन्द पारी परिवर्तनका लागि महत्वपूर्ण योगदान पु¥याउनेछ ।आफ्ना उद्देश्य अनुरुपका बिभिन्न कार्यहरु जस्तै मद्यपश्चिमको संस्थागत बिकास, स्वास्थ्य अवस्था, शैक्षिक अवस्था वातावरण तथा यसको संरक्षण, विपन्न वर्गको आर्थिक आय स्तर वृद्धिका लागी विभिन्न कार्यक्रम संचालन, मद्य पश्चिमको पर्यटन विकास लगायत समाजका बिभिन्न सरोकार राख्ने पक्षबारे राष्ट्रिय रुपमा नै बहस बनाउन रेडियोले आफ्ना गतिविधिहरु अगाडी वढाइरहेको छ ।

भौरा टापुको प्रबेशद्वार नेपालकै लामो कोठिया घाट पुल (१०१५ मिटर) बाट १२ किलोमिटर पश्चिममा अवस्थित राजापुर नगरपालीकामा रहेको रेडियो साथी एफ्एम् ९५ मेगाहर्ज तरंगित मद्य र सुदुर पश्चिमका नेपालकै लामो कोठियाघाट पर्यटकिय क्षेत्र,अर्नहवा ताल, धार्मिक महत्व वोकेको ठाकुरद्वारा मंन्दिर ,गणेश मन्दिर, ठाकुरद्वारा पर्यटकिय क्षेत्र, डल्ला हामे स्टे नेपालकै ठुलो बर्दिया राष्ट्रिय निकुञ्ज, कृष्ण सार संरक्षण क्षेत्र, ववई क्षेत्र , बाँकेको बागेश्वरी मन्दिर,सुर्खेतको देउतिमाई,बुलबुले ताल दैलेखको ज्वाला दुल्लुको ऐतिहाँसिक दरवार कैलालीको टिकापुरमा रहेको टिकापुर बृहत उद्यान, एसियाकै नमुना कर्णाली पुल अछामको रामारोशन र वैद्यनाथधाम, डोटीको शैलेश्वरी, लगायतका क्षेत्रहरुले मद्य तथा सुदुर पश्चिमलाई प्राकृतिक र सांस्कृतिक रुपमा नै सम्पन्न बनाएका छन । आन्तरिक तथा बाह्य पर्यटनका अथाह सम्भावनालाई स्थानिय देखि अन्तर्रा्ष्ट्रिय तहसम्म चिनाउनु आजको आवश्यकता भएको छ । आज विश्वमा सूचना र सञ्चारको क्षेत्रमा उल्लेखनीय चमत्कारीक आविश्कारहरु भएका छन ।
२१ औ शताव्दीमा सूचना सञ्चारको अभूतपूर्व सफलताले सिंगो विश्वलाई नै साागुरो पारिदिएको छ ।  सुदूरपश्चिमको पर्यटन, संस्कृति र वैभवतालाई स्थानिय देखि राष्ट्रिय स्तर सम्म पर्वद्धन गर्न सकिएको छैन । मद्य सुदूरपश्चिम क्षेत्रमा रहेका अथाह सम्भावनाहरुलाई उजागर गर्नु पर्ने टडकारो आवश्यकता देखिएको छ । नेपालको संचार क्षेत्रमा गुणस्तरिय बिकाश नभएपनी क्षेत्रगत प्रयाप्तताका आधारमा आन्तरिक समस्याका वावजुत पनि यी सवै सम्भावनाहरुको उजागर गर्दे सम्वन्धीत निकाय सम्म पु¥याउन र पर्वदन गर्न यस रेडियो साथी एफ्एम ९५ मेगाहर्जले महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ ।