बर्दियामा २ सय ५० बढीघर डुवानमा


 

केशव कोइराला,१४ साउन, बर्दिया ।


अविरल बर्षाका कारण बर्दियामा २ सय ५० भन्दा बढी घर डुवानमा परेका छन । जिल्लाको राजापुर, ठाकुरवावा नगरपालिका र गेरुवा गाँउपालीका अन्तगर्तका विभिन्न नदी तथा खोला नालाहरु भरीएर बस्ती डुवानमा परेका हुन ।
 बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जिल्लाका विभिन्न स्थानमा गरी २ सय ५० भन्दा बढी घर डुवानमा परेको आफुलाई जानकारी प्राप्त भएको बताउनु भयो । बाढीवाट कुनै मानवीय क्षती नभएपनि जोखिमयुक्त अवस्थामा रहेका व्यक्ति तथा समुदायलाई सुरक्षित स्थानमा सारीसकीएको प्रजिअ अधिकारीको भनाई छ ।
 कर्णाली नदीमा पानीको बहाब बढेसंगै भदाली नाला थुनिएर आएको बाढीवाट बर्दियाको राजापुर नगरपालिका १ सबैभन्दा बढी प्रभावित बनेको छ । राजापुर १ को दौलतपुर, चनौरा, सोनपुर लगायतका गाउँहरुमा झण्डै ९० घर डुबानमा परेको र उनीहरुलाई सुरक्षित स्थानमा राखिएको वडा नं १ का अध्यक्ष खुशीराम चौधरीले बताए ।
लगातारको बर्षाका कारण बुधबार विहान कर्णाली नदीले खतरा तह पार गरेको थियो । खतरा तह पार गरेसंगै जिल्ला प्रशासन कार्यालय बर्दियाले एक सूचना निकालेर नदी आसपासको क्षेत्रमा बस्ने स्थानीय वासीन्दालाई सावधानी अपनाउन अपिल गरेको छ ।
 अहिले कर्णाली नदीमा पानीको सतह घटेर सामान्यतर्फ हुँदै गएपनी पानी घटबढ हुनसक्ने र स्थानीय खोला नालाको पानी भरीएर बाढी आउनसक्ने भएको हुँदा सचेत रहन जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुरोध गरेको छ ।

 

फोटो फिचर सहित......................

 

प्रतिकृया दिनुहोस

सोनाह समुदाय अझै लोपोन्मुख आदिवासीमा सुचिकृत हुन सकेन

  बर्दिया । बर्दिया, कैलाली र कञ्चनपुरमा बस्दै आएको सोनाह समुदाय अझै सुचिकृत हुन सकेको छैन् । लोपोन्मुख आदिवासीमा सुचिकृत गरिनुपर्ने दशकौंदेखिको

एक्सिस् इन्टरटेन्मेन्टको “के मा चित्त दुख्यो मयालै ” बजारमा भिडियो सहित

साथी समाचार भाद्र,१३–काठमाण्डौ । गत बर्षको सुपरहिट गीत तिम्रो मायाको अत्याधिक सफलता पछि चर्चित गायिका पुजा क्षेत्रीले यस बर्ष लोकदोहोरी कोसेली