डुवानका कारण बर्दियामा ४ सय ३७ परिवार विस्तापित


केशव कोइराला
१७,साउन–बर्दिया ।
 बर्षातका कारण डुवानमापरी बर्दियामा ४ सय ३७ परिवार विस्तापित भएका छन् भने ८ सय १६ घरधुरी प्रभाबित भएका छन् ।
बर्षातका कारण डुवानमापरी जिल्लाको राजापुर नगरपालीकामा ३ सय ८४, ठाकुरवावा नगरपालीकामा  ३३ र गेरुवा गाँउपालीकामा २० घरपरिवार बिस्तापित भएका हुन् ।
डुवानबाट राजापुर नगरपालीकाका ५ सय ३८ घरधुरी, गेरुवा गाँउपालीकाका २ सय १ घरधुरी र ठाकुरवावा नगरपालीकाका ७७ घरधुरी प्रभावित भएका छन् ।
घरमा पानी परेका कारण ४७ घरपरिवार अहिलेपनी अग्लो स्थानमा त्रिपाल टाँगेर बस्नुका साथै बिद्यालय भवनमा आश्रय लिएर बसिरहेको बर्दियाका प्रमुख जिल्ला अधिकारी  लिलाधर अधिकारीले जानकारी दिनुभयो ।
त्रिपालमा अस्थायी रुपमा बस्दै आएका डुवान पिडितहरुको स्थानीय सरकारलाई खाने बस्ने व्यवस्था मिलाउन आवश्यक निर्देशन दिएको प्रजिअ अधिकारीले बताउनु भयो ।
डुवानबाट बर्दियाको राजापुर १, राजापुर ७  नं वडामा सवै भन्दा बढी घर परिवार बिस्तापित भएका छन् ।

 

प्रतिकृया दिनुहोस

बाल यौन शोषण बिरुद्दको बहुबर्षिय योजना निमार्णकालागी राजापुर नगरपालिकाद्धारा मस्यौदा तयार

केशव कोइराला असोज १ राजापुर नगरपालिकामा बाल यौन शोषण बिरुद्दको बहुबर्षिय योजना निमार्णकालागी मस्यौदा तयार गरिएको छ । यौन दुव्र्यवहारका घटनाहरु

पूर्ण सरसफाइकालागी बर्दियाका स्थानियहरु सकृय

केशव कोइराला मंशिर ६, बर्दिया । पूर्ण सरसफाइकालागी बर्दियाका स्थानियहरुले तदारुकता देखाएका छन् । सरकारी लक्ष्य अनुरुप स्थानियले तदारुकता देखाएका

अस्पतालको लापरवाहीका कारण एक जनाको मृत्यु भएको आरोप लगाउदै आफन्तद्धारा बिरोध पर्दशन

साथी समाचार डेस्क असार १८,–नेपालगञ्ज । नेपालञ्ज स्थित वेष्टर्न अस्पतालको लापरवाहीका कारण एक जनाको मृत्यु भएको आरोप लगाउदै आफन्तले आज बिरोध पर्दशन