पूर्ण सरसफाइकालागी बर्दियाका स्थानियहरु सकृय

केशव कोइराला
मंशिर ६, बर्दिया ।

पूर्ण सरसफाइकालागी बर्दियाका स्थानियहरुले तदारुकता देखाएका छन् । सरकारी लक्ष्य अनुरुप स्थानियले तदारुकता देखाएका हुन् । जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिती बर्दियाले समेत पूर्ण सरसफाई युक्त जिल्ला घोषणाकालागी ८ वटै पालिकामा तिव्रता दिएको छ ।

यसै क्रममा आज समितिले बर्दियाको राजापुर नगरपालीका वडा नं ५ मा पूर्ण सरसफाईका सुचकहरु पुरा गरेका गाँउहरुको अनुगमन गरेको छ । जिल्ला समन्वय समितीका प्रमुख शंकर प्रसाद थारु,राजापुर नगरपालीकाका प्रमुख शिव प्रसाद चौधरी, वडा नं ५ का अध्यक्ष राम वहादुर चौधरी जिल्ला समन्वय समितीका अधिकारी कृष्ण खड्का लगाएतको टोलिले बसन्ता र कृष्णनगर गाँउको अनुगमन गर्नुभएको हो ।

जिल्ला समन्वय समितीका प्रमुख शंकर प्रसाद थारुले पूर्ण सरसफाइको सूचक पूरा गरेको भएपनी यसलाई निरन्तरता दिन स्थानियलाई सुझाउनु भयो ।

निकट भविश्यमै होम स्टे संचालन गरिने र यसकालागी स्थानिय सरकारले सहयोग गर्ने राजापुर नगरपालीकाका प्रमुख शिव प्रसाद चौधरीले बताउनु भयो ।

पूर्ण सरसफाइकालागी स्थानियहरुले वाटो–वाटोमा प्ले कार्ड, फोहर मलाई र घरघरमा शौचालय ,खानेपानी फिल्टर पानीको निकास लगायतको व्यवस्थापन गरेका छन् भने निरन्तरताको समेत प्रतिबद्धता गरेको आइडिएस्का राजापुर संयोजक बिनोद लामिछानेले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

बाल यौन शोषण बिरुद्दको बहुबर्षिय योजना निमार्णकालागी राजापुर नगरपालिकाद्धारा मस्यौदा तयार

केशव कोइराला असोज १ राजापुर नगरपालिकामा बाल यौन शोषण बिरुद्दको बहुबर्षिय योजना निमार्णकालागी मस्यौदा तयार गरिएको छ । यौन दुव्र्यवहारका घटनाहरु

डुवानका कारण बर्दियामा ४ सय ३७ परिवार विस्तापित

केशव कोइराला १७,साउन–बर्दिया ।  बर्षातका कारण डुवानमापरी बर्दियामा ४ सय ३७ परिवार विस्तापित भएका छन् भने ८ सय १६ घरधुरी प्रभाबित भएका छन्

अस्पतालको लापरवाहीका कारण एक जनाको मृत्यु भएको आरोप लगाउदै आफन्तद्धारा बिरोध पर्दशन

साथी समाचार डेस्क असार १८,–नेपालगञ्ज । नेपालञ्ज स्थित वेष्टर्न अस्पतालको लापरवाहीका कारण एक जनाको मृत्यु भएको आरोप लगाउदै आफन्तले आज बिरोध पर्दशन