बढदो बलात्कार र हत्या


 मनकामना सुनार


हाम्रो देशमा बलात्कार र हत्या जस्ता घटना दिनप्रतिदिन बढ्दो क्रममा छन् । प्रेम भनौ या जातीय बिभेद, दाइजो वा बिना कुनै निहुमा महिला तथा बालिका को बलात्कार ,हत्या हुने क्रम बढी रहेको छ । परिचीत ब्याक्तीहरु देखि नै बढी हिंसा भइरहेको छ ।  बलात्कार जस्तो जघन्य अपराध लाई इज्जत र प्रतिष्ठा को लागि मेलमिलाप गराउने र राजनीतिक दबाब को कारणले यस्तो घटना घटीरहेको छ । हजारौं महिला तथा किशोरीहरु बलत्कृत हुने र हत्या हुने तथ्यान्क राज्य बाटै सार्वजनिक हुदा समेत राज्यको जिम्मेवार निकायको ब्यक्तिले नै गम्भीर मुद्दाको रूपमा नलिएको देखिन्छ ।


सम्झना बि.क, निर्मला पन्त लगाएत पुर्निमा मोक्तान, सर्मिला दनुवार यिनी माथी भएका घटना एक प्रतिनीधी घटना हुन् यस्ता घटनाहरु नियमित घटि रहेका छन् । कैयौ महिला र बालिका हरुले बलात्कार पछि आफ्नो ज्यान गुमाउनु परेको छ । यस्तो घटना राज्यको मौनता ले महिला को शरीर जसरी पनि प्रयोग गर्न सकिन्छ भन्ने सोचलाइ अझ धेरै बढ्दै जाने देखिन्छ । जबसम्म यस्तो खाले अपराध गर्ने अपराधिलाई कडा सजाय हुदैन तब सम्म यी घटनाहरु घटिरहन्छ्न । यो देशमा जति पनि बलात्कारी हत्याराहरु छन तिनिहरुलाइ फासिको सजाय दिने कानुन बनाउनुपर्ने देखिन्छ ।


देशका हरेक महिला तथा बालिकाहरु शत प्रतिशत सुरक्षा ग्यारेन्टी हुने गरि कुनै एउटा कानुन बनेमात्र महिला र बालिका सुरक्षित हुने देखिन्छ । यस तर्फ राज्यले बेलैमा ध्यानदिनु पर्दछ ।

 

प्रतिकृया दिनुहोस

मिडियामा महिलाहरुको समान प्रस्तुतिकरण किन ?

          राजकुमारी चौधरी मिडियामा महिलाहरुको समान प्रस्तुतिकरण हुन अति आवश्यक छ । मिडियामा महिलाहरुको समान प्रस्तुतिकरण किन हुनु पर्दछ

मिडियामा महिलाहरुको समान प्रस्तुतिकरण किन ?

          राजकुमारी चौधरी मिडियामा महिलाहरुको समान प्रस्तुतिकरण हुन अति आवश्यक छ । मिडियामा महिलाहरुको समान प्रस्तुतिकरण किन हुनु पर्दछ

बढदो बलात्कार र हत्या

 मनकामना सुनार हाम्रो देशमा बलात्कार र हत्या जस्ता घटना दिनप्रतिदिन बढ्दो क्रममा छन् । प्रेम भनौ या जातीय बिभेद, दाइजो वा बिना कुनै निहुमा महिला