मिडियामा महिलाहरुको समान प्रस्तुतिकरण किन ?

         
राजकुमारी चौधरी
मिडियामा महिलाहरुको समान प्रस्तुतिकरण हुन अति आवश्यक छ । मिडियामा महिलाहरुको समान प्रस्तुतिकरण किन हुनु पर्दछ भन्दाखेरी यदि समान प्रस्तुतिकरण भएन भने महिलाहरुले आफ्नो हक अधिकार पाउन सक्दैनन् । मिडियामा महिलाको प्रस्तुति भयो भने आफुमाथी आइपर्ने जुनसुकै समस्याको समाधान गर्न सक्ने छन् । आफ्नो हक अधिकार स्थापीत गर्न सक्छन् ।
मिडियामा नै महिलाहरुको समान प्रस्तुतिकरण भएन भने महिलाहरु अझै पुरानै अवस्थामा बस्न बाध्य हुन्छन् । समान प्रस्तुति करण भएको खण्डमा महिला आफ्रले केहि कुरा राख्न सक्ने, बोल्न सक्ने आफ्नो हक अधिकार खोज्न सक्ने हुन्छन् । त्यसैले समान प्रस्तुतिकरण हुन अतिनै आवश्यक छ । मिडियामा महिला र किशोरीहरुका कुरा ल्याइनु पर्छ । ताकी तिनीहरुले चाहेको कुरा तिनीहरुको माग पुरा गर्नलाई मिडियामा सहभागि गराउन अतिनै आवश्यक छ । जस्तैः महिला हिंसाको घटना, बलात्कार जस्ता घटनाहरु तिब्र गतिमा बढिरहेका छन् । यस्ता हिंसा र घटनाबाट बच्नकालागि, जोगिनकालागि, आफ्ना कुरा तथा मागहरु पुरा गर्नकालागि,मुक्तिपाउनको लागि यस्ता घटनाहरुको लागि मिडियामा सहभागि गराउनु पर्छ र समान प्रस्तुतिकरण हुनु पर्छ । मिडियामा महिला र किशोरीहरुको समान प्रस्तुतिकरण छैन । यी सबै मागहरु पुरा गर्न हिंसाका घटनाहरु हटाउन मिडियाबाट सम्भव छ ।
महिला र किशोरीहरुको भुमिका एउटै हुन्छ । तिनीहरुले एकै किसिमको भुमिकानिभाउन सक्दछन् । महिला र किशोरीमा केही फरक छैन । सामाजिक सञ्जाल, मिडियामा महिला र किशोरीहरुको समान प्रस्तुतिकरण हुँदा कुनै पनि किसिमको हिंसाहरु हुँदा महिला किशोरीहरुले मिलेर आवाज उठाउन सक्दछन् । ति कुराहरु मिडियामा ल्याउन सक्छन् र आफ्नो माग पुरा गर्न सफल हुछन् । तिनीहरुलाई मिडिया सम्म पु¥्याउनको लागि सहयोगको आवश्यकता पर्छ । मिडियामा महिला किशोरी आउँदा फाईदा पनि छ बेफाईदा पनि छ । फाईदामा आफ्नो आवाज उठाउन सक्छन् । आफुले केहि कुरा पोष्ट गर्न सक्छन् । र बेफाईदामा साईबर अपराधका घटनाहरुबाट महिलाहरु धेरैजसो पिडित हुने गर्दछन् ।
त्यस्ता घटनाबाट सुरक्षित रहनको लागि उजुरीहरु गर्ने जस्ता आवश्यक र महत्वपूर्ण कुराहरु मिडियामा ल्याउँदा राम्रो र प्रभावकारी हुन्छ । त्यसकारण मिडियामा महिलाहरु किशोरीहरुको समान प्रतुतिकरण हुनु पर्दछ ।

 

प्रतिकृया दिनुहोस

मिडियामा महिलाहरुको समान प्रस्तुतिकरण किन ?

          राजकुमारी चौधरी मिडियामा महिलाहरुको समान प्रस्तुतिकरण हुन अति आवश्यक छ । मिडियामा महिलाहरुको समान प्रस्तुतिकरण किन हुनु पर्दछ

बढदो बलात्कार र हत्या

 मनकामना सुनार हाम्रो देशमा बलात्कार र हत्या जस्ता घटना दिनप्रतिदिन बढ्दो क्रममा छन् । प्रेम भनौ या जातीय बिभेद, दाइजो वा बिना कुनै निहुमा महिला

बढदो बलात्कार र हत्या

 मनकामना सुनार हाम्रो देशमा बलात्कार र हत्या जस्ता घटना दिनप्रतिदिन बढ्दो क्रममा छन् । प्रेम भनौ या जातीय बिभेद, दाइजो वा बिना कुनै निहुमा महिला