आर्थिक बर्ष २०७८/०७९ का लागी ९० करोड २९ लाख ८ हजार रुपैयाको बजेट पेश

सातौ नगर सभा जारी

केशव कोइराला
असार ,१० राजापुर ।

बर्दियाको राजापुर नगरपालिकाको जारी सातौ नगर सभामा आज आर्थिक बर्ष २०७८/०७९ का लागी ९० करोड २९ लाख ८ हजार रुपैयाको बजेट पेश गरिएको छ । नगर प्रमुख शिव प्रसाद चौधरीले प्रारम्भ गर्नुभएको सभामा नगर उपप्रमुख मनकला कुमारी चौधरीले आर्थिक बर्ष २०७८/०७९ बजेट पेश गर्नुभएको हो । सशर्त अनुदान, कर्मचारी तलव भत्ता लगायत गरि संघ, प्रदेश र नगर को एकमुष्ठ ९० करोड २९ लाख ८ हजार रुपैयाको बजेट ल्याइएको हो ।

आर्थिक बर्ष ७८/७९मा शिक्षा खेलकुद तथा युवा, स्वास्थ्य, भौतिक पूर्वाधार, सामाजिक बिकास, कृषि, पशु, उद्योग, सहकारी, पर्यटन, न्यायिक समिती ,र बिपद व्यवस्थापनका क्षेत्रमा बजेट बिनीयोजन गरिएको छ । यस बर्षको बजेटमा नगरपालिका भित्र उद्योग स्थापना गरि संचालन गर्ने लगानीकर्ता र सहकारीलाई सम्मान स्वरुप पुरस्कारको व्यवस्था मिलाइएको छ । मातृशिशु मृत्युदर कम गर्न हजार दिने आमा सँग उपप्रमुख कार्यक्रम शुरु गर्न बजेटको व्यवस्था गरिएको छ । कोरोना, बिपद लगायतका शीर्षकमा समेत आवश्यक बजेट बिनीयोजन गरिएको छ । नगरपालिकामा बालबिकास तथा अन्य कर्मचारीको न्यूनतम तलव १५ हजार कायम गर्न बजेट बिनीयोजन गरिएको छ ।

आर्थिक बर्ष २०७८/०७९ बजेटले कोभिड १९ को नियन्त्रण, उपचार प्रभावकारी, नगरक्षेत्र भित्रको भरपर्दो गुणस्तरिय भौतिक पूर्वाधार बिकास, स्वास्थ्य, शिक्षालाई भरपर्दो र पहुच योग्य बनाउने, कृषि क्षेत्रको बिकास उद्यमशीलता,रोजगार र शासकीय सक्षमताको बिकास लगायतका उद्देश्यहरु राखेको छ । कृषि, पर्यटन, उद्योग, भौतिक पुर्वाधार,समावेशी र समृद्ध राजापुरको मुल आधार भन्ने मुल नाराका साथ असार ६ गतेदेखी जारी नगरपालिकाको सातौ नगर सभाको अर्को बैठक १३ गते दिउसो १ बजे बस्नेछ ।

बजेटको पुरा वाचन हेर्न यो लिंक खोल्नुहोस

https://fb.watch/6lgt5jvxAZ/

प्रतिकृया दिनुहोस

ऋण केकालागी ? हेक्का राख्न जरुरी - उपाध्यक्ष शर्मा

केन्द्रिय सहकारी संघका उपाध्यक्ष पूर्ण चन्द्र शर्माले सहकारीले सदैव सदस्यहरुको हितमा काम गर्ने भएकाले जुन प्रयोजनकालागी सहकारी वाट लिएको रिण ऋण

पहिचानकालागी लडाई लड्नु दुखःद - प्रदेश प्रमुख शेरचन

केशव कोइराला असोज १८,–बर्दिया । लुम्बीनि प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बिश्वका बिकशित राष्ट्रहरुले चन्द्रमामा बस्ति बसाउने योजना गरिरहँदा

बालवालिकाको अवस्था वारे तथ्यगत खोजि आवश्यक

केशव कोइराला असोज, ४ बर्दिया । साच्चिकै बालबालिका माथी न्याय गर्नेहो भने उनिहरुको अबस्थाबारे तथ्यको खोजी गरिनुपर्ने आबश्यकता अपरिहार्य रहेको एक