ऋण केकालागी ? हेक्का राख्न जरुरी - उपाध्यक्ष शर्मा


केन्द्रिय सहकारी संघका उपाध्यक्ष पूर्ण चन्द्र शर्माले सहकारीले सदैव सदस्यहरुको हितमा काम गर्ने भएकाले जुन प्रयोजनकालागी सहकारी वाट लिएको रिण ऋण सोही प्रयोजनमा खर्चन आग्रह गर्नुभएको छ । दिदी बहिनी साना किसान कृषी सहकारी सँस्था लिमिटेड राजापुरको दशौं साधारण सभालाई सम्वोधन गर्दै यस्तो बताउनु भएको हो । सहकारीले सदस्यहरुलाई केकालागी ऋण दिएको त्यसको हेक्का गर्नुहोस उपाध्यक्ष शर्माले भन्नुभयो यसरी जाँच बुझ गर्दा खराव कर्जाको समस्या आउदैन । समुह समुहमा मिलेर सहकारीका सदस्यले व्यवशायीक रुपमा कृषी,पशुपालन लगायतका काम गर्नुहोस उपाध्यक्ष शर्माले भन्नु भयो यसकालागी सहकारी संघले ५ देखी ५० लाख रुपैया ९ प्रतिषद व्याजमा दिन्छ बिदेश जान पर्दैन  । 

  साधारण सभामा शुभकामना बोल्दै जिल्ला सहकारी संघ बर्दियाका सदस्य डम्मर केसीले दैनिक रुटिन बनाएर काम गरेको खण्डमा ऋण अशुलिमा समस्या नपर्ने बताउनु भएको छ । हामि ऋण दिन्छौ भाका पुगेमा मात्रै ताकेदा गछौं केशीले भन्नु भयो यस्तो गरेमा समस्या हुन्छ ।

  दिदी बहिनी साना किसान कृषी सहकारी सँस्था लिमिटेडका अध्यक्ष साबित्री पुरीको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा यस चालु आर्थिक बर्षको मद्य सम्मको आम्दानी खर्चको बिवरण एवं प्रतावित नीति तथा कार्यक्रम समेत सार्वजनिक गरेको छ । सँस्थाले आजै नयाँ नेतृत्व समेत चयन गर्दैछ ।

 

प्रतिकृया दिनुहोस

पहिचानकालागी लडाई लड्नु दुखःद - प्रदेश प्रमुख शेरचन

केशव कोइराला असोज १८,–बर्दिया । लुम्बीनि प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बिश्वका बिकशित राष्ट्रहरुले चन्द्रमामा बस्ति बसाउने योजना गरिरहँदा

बालवालिकाको अवस्था वारे तथ्यगत खोजि आवश्यक

केशव कोइराला असोज, ४ बर्दिया । साच्चिकै बालबालिका माथी न्याय गर्नेहो भने उनिहरुको अबस्थाबारे तथ्यको खोजी गरिनुपर्ने आबश्यकता अपरिहार्य रहेको एक

बाल यौन शोषण बिरुद्दको बहुबर्षिय योजना निमार्णकालागी राजापुर नगरपालिकाद्धारा मस्यौदा तयार

केशव कोइराला असोज १ राजापुर नगरपालिकामा बाल यौन शोषण बिरुद्दको बहुबर्षिय योजना निमार्णकालागी मस्यौदा तयार गरिएको छ । यौन दुव्र्यवहारका घटनाहरु