बाल यौन शोषण बिरुद्दको बहुबर्षिय योजना निमार्णकालागी राजापुर नगरपालिकाद्धारा मस्यौदा तयार

छिट्टै पारित गरि कार्यन्वयनमा ल्याइने

केशव कोइराला
असोज १
राजापुर नगरपालिकामा बाल यौन शोषण बिरुद्दको बहुबर्षिय योजना निमार्णकालागी मस्यौदा तयार गरिएको छ । यौन दुव्र्यवहारका घटनाहरु कसरी सून्यमा पुर्याउन सकिन्छ भन्ने उदेश्यले  कमैया महिला जागरण समाज नेपाल, एक्सनएड, र साथी सँस्थाको सहयोगमा बाल यौन शोषण बिरुद्धको मस्यौदा तयार गरिएको हो ।

राजापुर नगरपालिकाले आयोजना गरेको २ दिने कार्यशालामा नगरपालिकामा रहेका वालवालिकाको अवस्था, कस्तो अवस्थामा यौनको शिकार हुन्छन् , कस्ता कारणवाट यौन शोषणको शिकारमा पर्छन, आफुमाथि आइपर्ने घटनाहरु भन्न नसक्नुका कारणहरु के हुन् यस बारे सो क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी सँस्थाहरु सँग समन्वय गर्ने गरी बहुबर्षिय योजनाकालागी मस्यौदा तयार गरिएको हो ।  

कार्यक्रममा बर्तमान अवस्थामा बालबालिकाले भोगिरहेका योनजन्य दुव्र्यवहार, यसको संरक्षणका उपायहरु, कानुनि व्यवस्थाहरु ,वालयौन दुव्र्यवहार रोथामाकालागी हाम्रो लक्ष्य के रहेने भन्ने वारेमा वालवालिका मनोबिमर्शकर्ता भिम अवस्थीले सहजीकरण गर्नुभएको थियो ।

राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरीको अध्यक्षतामा आयोजित कार्यशालामा प्रमुख अतिथीको रुपमा बोल्दै नगर उप प्रमुख मनकला कुमारी चौधरीले जननिर्बाचीत पदाधिकारीहरुले पहिलोपटक धेरै अभ्यास गर्नुपर्ने भएकालेपनी धेरै कुराहरु कार्यन्वयनमा सहमस्या भएको भन्दै नगरपालिका बालबालिकाहरुका बारेमा समेत रणनितिक योजनाका साथ अगाडी बढ्ने नगरपालिका प्रतिवद्ध रहेको भन्दै बालवालिकाको अवस्था वारे सतही अध्ययन गर्नुपर्ने खाचौ औल्याउनु भयो । बिभिन्न क्षेत्रमा रहेका बालबालिकाको अवस्था कस्तो छ उनिहरुको क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी सँस्थाहरु को को छन् र उनिहरुले कस्ता खाले काम गर्दैछन् यसवारे पालिकाले बुझेर अगाडी बढुने दृढता व्यक्त गर्नुभयो ।  

 

प्रतिकृया दिनुहोस

ऋण केकालागी ? हेक्का राख्न जरुरी - उपाध्यक्ष शर्मा

केन्द्रिय सहकारी संघका उपाध्यक्ष पूर्ण चन्द्र शर्माले सहकारीले सदैव सदस्यहरुको हितमा काम गर्ने भएकाले जुन प्रयोजनकालागी सहकारी वाट लिएको रिण ऋण

पहिचानकालागी लडाई लड्नु दुखःद - प्रदेश प्रमुख शेरचन

केशव कोइराला असोज १८,–बर्दिया । लुम्बीनि प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बिश्वका बिकशित राष्ट्रहरुले चन्द्रमामा बस्ति बसाउने योजना गरिरहँदा

बालवालिकाको अवस्था वारे तथ्यगत खोजि आवश्यक

केशव कोइराला असोज, ४ बर्दिया । साच्चिकै बालबालिका माथी न्याय गर्नेहो भने उनिहरुको अबस्थाबारे तथ्यको खोजी गरिनुपर्ने आबश्यकता अपरिहार्य रहेको एक