शिक्षा तथा सामाजिक विकास मन्त्रालयद्वारा उत्कृट शिक्षकहरुलाई सम्मान


बर्दियामा शिक्षा तथा सामाजिक विकास मन्त्रालयद्वारा ८ वटै पालिकाका उत्कृट शिक्षकहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ । कार्य क्षेत्रमा थप जिम्मेवारी र शिक्षा क्षेत्रलाई अगाडि बढाउन विशेष योगदान पु¥याएको भन्दै साामाजिक विकास डिभिजन कार्यालय बाँकेका प्रमुख राम करण पालको अध्यक्षतामा आयोजित औपचारिक कार्यक्रममा आज जिल्लाका ८ वटै पालिकाका शिक्षकहरुलाई सम्मानित गरिएको हो ।

सम्मान कार्यक्रममा प्रमाणपत्र सहित जनही १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो । सम्मानित भए पछि शैक्षिक क्षेत्रको गतिविधिका वारेमा आफ्ना अनुभवहरु शिक्षक प्रमोद कुमार तिमिल्सेना, नन्दकला खत्री, शिक्षक महासंघ बर्दियाका अध्यक्ष तथा शिक्षक कृष्ण प्रसाद शर्माले शिक्षकको जिम्मेवारी र राज्यले हेर्ने नजरका वारेमा प्रष्ट्याउँदै शिक्षकलाई सम्मानित मर्यादित तथा जिम्मेवार बनाउन सरोकारवाला निकायले विभेदरहित र सम्मानजनक व्यवहार गर्नु पर्ने वताउनु भएको थियो ।
कार्यक्रममा राजापुर नगरपालिकाको अमर शहीद श्री  दशरथ चन्द मा वि राजापुबाट सरोज कुमार झा र पुरुषोत्तम खनाल, श्री नेपाल राष्ट्रिय मा वि नयाँगाउँबाट मोहन सिग्देल तथा गेरुवा गाउँपालिकाको जनता मा वि गोलाका प्रकाश रावल, पशुपति मा वि पथरैयाकी नन्दकला खत्री र एक प्रिय मा वि पाताभारका प्रकाश शाही सम्मानित हुनु भएको छ ।   


कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गुलरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख निलकण्ठ रेग्मीले शिक्षकलाई सम्मानका लागि स्थानीय तहले छनौट गर्न र सम्मान गर्न पाउनु अति नै खुशीको कुरा भएको बताउनु भयो । केही शिक्षकले सम्मान र पुरस्कारका लागि छनौटका बारेमा टीका र टिप्पणी गरे पनि आज सम्मानित सबै आ आफ्नो क्षेत्रमा उत्कृष्ट र अब्बल नै भएको वताउनु भयो । विभिन्न उदाहरण दिदैँ जोसँग जति क्षमता छ त्यति नै बोल्ने हो भन्दै रेग्मीले आगामी दिनमा अझै राम्रो, दक्ष र व्यवहारिक भएर आदर्श तथा अनुकरणीय शिक्षक बनेर प्रस्तुत हुन सबैलाई शुभकामना समेत दिनु भएको थियो । कार्यक्रममा गुलरिया नगरपालिका शिक्षा शाखा अधिकृत सतिस कुमार यादव, शिक्षा विकास तथा समन्वय इकाइ गुलरिया बर्दियाका शेर बहादुर रोका लगायतले उत्कृष्ट विद्यालय तथा उत्कृष्ट हुदै सम्मानित शिक्षकहरुलाई बधाई एवम् शुभकामना दिनु भएको थियो ।

कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष तथा साामाजिक विकास डिभिजन कार्यालय बाँकेका प्रमुख पालले कार्यथलोमा जस्तो सुकै समस्या आए पनि शिक्षक सधैभरी सरल, आदर्श र कर्तव्य निष्ठ हुनु पर्ने वताउदै आगामी वर्ष सर्वाेत्कृष्ट शिक्षक हुन पनि सबैलाई शुभकामना दिदै कार्यक्रमको समापन गर्नु भएको थियो । गुलरियामा रहेको श्री महाकवि लक्ष्मी प्रसाद देवकोटा मा वि मा आयोजित कार्यक्रममा जिल्लाभरका २४ जना शिक्षकहरुलाई सम्मानित गरिएको थियो ।

प्रतिकृया दिनुहोस

ऋण केकालागी ? हेक्का राख्न जरुरी - उपाध्यक्ष शर्मा

केन्द्रिय सहकारी संघका उपाध्यक्ष पूर्ण चन्द्र शर्माले सहकारीले सदैव सदस्यहरुको हितमा काम गर्ने भएकाले जुन प्रयोजनकालागी सहकारी वाट लिएको रिण ऋण

पहिचानकालागी लडाई लड्नु दुखःद - प्रदेश प्रमुख शेरचन

केशव कोइराला असोज १८,–बर्दिया । लुम्बीनि प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बिश्वका बिकशित राष्ट्रहरुले चन्द्रमामा बस्ति बसाउने योजना गरिरहँदा

बालवालिकाको अवस्था वारे तथ्यगत खोजि आवश्यक

केशव कोइराला असोज, ४ बर्दिया । साच्चिकै बालबालिका माथी न्याय गर्नेहो भने उनिहरुको अबस्थाबारे तथ्यको खोजी गरिनुपर्ने आबश्यकता अपरिहार्य रहेको एक