पहिचानकालागी लडाई लड्नु दुखःद - प्रदेश प्रमुख शेरचन


केशव कोइराला
असोज १८,–बर्दिया ।
लुम्बीनि प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बिश्वका बिकशित राष्ट्रहरुले चन्द्रमामा बस्ति बसाउने योजना गरिरहँदा नेपालका ग्रामिण बस्तीहरुमा पहिचानकालागी लडाई लड्नु दुखद भएको बताउनु भएको छ । बर्दियाको राजापुरमा आयोजित तेश्रो राष्ट्रिय सोनाह सम्मेलनलाई आइतवार सम्वोधन गर्दै यस्तो बताउनु भएको हो ।
सोनाह जातिको पहिचानका सन्र्दभमा सर्वोच अदालतले २०७२ सालमा छ्ट्टै जाति भनेर अन्तरिम आदेश दिइसकेको अवस्थामा कसैले रोक्न नसक्ने भन्दै सोनाह जातिको सुचिकृत हुने दावी गर्नुभयो ।सम्विधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलनै भएकाले सोनाह जातिको सुचिकृत हुने कुरामा बिश्वस्त हुन सम्पूर्ण सोनाहलाई आग्रह गर्नुभयो ।
 सोनाह जातिले सुचिकृतका लागी दिएको ज्ञापन पत्र आफै पुगेर प्रधानमंत्रीलाई दिने आस्वासन दिदै पंचायति तंत्रको मानसिकता अझै अवशेषका रुपमा रहेकाले कर्मचारीहरुले तोडमोड गर्नसक्नेमा शंका रहेको भन्दै प्रदेश प्रमुख शेरचनले पहिचानको लडाइ लडि अदालतवाट परमादेश पाइसकेको अवस्थामा कसैले रोक्न नसक्ने ठोकुवा गर्नुभयो ।
ठुलावडाले घरमा पालेको कुकुरले सदै मासुखान पाउने भन्दै प्रमुख शेरचनले सानाहरुले मिठौ मसिनो खान चाड पर्व कुर्नुपर्ने बर्गिय लडाइको अन्त्य नहुन्जेल यस्तो समस्या देखा परिरहेने बताउनु भयो ।
कार्यक्रममा बोल्दै संबिधान सभा सदस्य हरी श्रीपाइली,लुम्बीनि पर्देशका प्रदेशसभा सदस्य तिलक शर्मा , दिपेश थारुले सोनाह जाति अल्पशंख्यक जाति भएकाले यो जातिको पहिचानकालागी आफुहरुको साथ रहने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा बोल्दै राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरीले सोनाह जातिको पहिचान उत्थान र बिकासकालागी राज्यले ध्यान दिनुपर्ने भन्दै परम्परागत पेशा लाई जोगाउन आफुलागि पर्ने बताउनु भयो ।
कार्यक्रममा राजापुर नगरपालिकाका उप प्रमुख मनकला कुमारी चौधरी, वडा नं १ का अध्यक्ष खुशीराम चौधरी, वडा नं ८ का अध्यक्ष चिन्तामणी आचार्यले सम्मेलन भव्य र सभ्य रुपमा समपन्न होस भन्ने शुभकामना दिनुभएको थियो ।
सोनाह समाजका अध्यक्ष बलवहादुर सोनाहको अध्यक्षतामा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा सहभागी हुन बर्दिया कैलाली कञ्चनपुरका सोनाह जाति सहभागी छन् ।

 

प्रतिकृया दिनुहोस

सोनाह समुदाय अझै लोपोन्मुख आदिवासीमा सुचिकृत हुन सकेन

  बर्दिया । बर्दिया, कैलाली र कञ्चनपुरमा बस्दै आएको सोनाह समुदाय अझै सुचिकृत हुन सकेको छैन् । लोपोन्मुख आदिवासीमा सुचिकृत गरिनुपर्ने दशकौंदेखिको

ऋण केकालागी ? हेक्का राख्न जरुरी - उपाध्यक्ष शर्मा

तिर्थ वहादुर सिंह पुष,२७–राजापुर । केन्द्रिय सहकारी संघका उपाध्यक्ष पूर्ण चन्द्र शर्माले सहकारीले सदैव सदस्यहरुको हितमा काम गर्ने भएकाले जुन

शिक्षकहरुलाई सम्मान

साथी समाचार असोज,–२०, बर्दिया । दशैको अवसर पारेर यहाँका अबकाश प्राप्त तथा कार्यरत शिक्षकहरुलाई सम्मान गरिएको छ । युवा शसक्तीकरण नेपाल राजापुरले