सोनाह समुदाय अझै लोपोन्मुख आदिवासीमा सुचिकृत हुन सकेन

 

बर्दिया । बर्दिया, कैलाली र कञ्चनपुरमा बस्दै आएको सोनाह समुदाय अझै सुचिकृत हुन सकेको छैन् । लोपोन्मुख आदिवासीमा सुचिकृत गरिनुपर्ने दशकौंदेखिको मागको सुनुवाई हुन सकेको छैन ।

नदीहरुमा माछा मार्ने र सुन चाल्ने पुर्ख्यौली पेशा बोकेको यो सोनाह समुदायलाई पहिचान पाउनेमा झिनो आशा छ । देशभर रहेका १ सय २५ जातजाति मध्ये सरकारले ९८ जातजाति लोपोन्मुख सिमान्तकृत जातिमा सुचिकृत गरेपनि यो समुदाय पहिचानका लागी अझै संघर्ष गरी रहेको छ ।

सोनाहलाई लोपोन्मुख सिमान्तकृत आदिवासी जनजातिको नाममा सुचीकृत गर्न २०७२ मंसिर १६ गते सर्वोच्च अदालतले नेपाल सरकारका नाममा परमादेश जारी गरेपनि अहिलेसम्म सुचिकृत भने हुन सकेको छैन ।

पुसको अन्तिम साता सोनाह बिकास समाज र सोनाह संघर्ष समितिले प्रधानमन्त्रीलाई भेटी ज्ञापन पत्र समेत बुझाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले लोपोन्मुख सोनाहा समुदायको संरक्षण गर्न सरकार गम्भीर रहेको बताएपछि झिनो आशा जागेको सोनाह बिकास समाजकी सचिव हिरा सोनाहको भनाई छ ।

झण्डै १ हजार २ सयको हाराहारीमा जनसंख्या रहेको यो समुदायका बासिन्दाहरु आफ्नो पहिचानका लागी राज्यका विभिन्न निकायमा पुग्नु परेको दुःखद अनुभव सुनाउँदछन् । अहिले लामो प्रयासपछि राजनीतिक दलको सहयोग समेत मिलेकाले आफुहरुको पहिचान हुनेमा आशावादी भएको सोनाह बिकास समाजका अध्यक्ष शान्ती सोनाहको भनाई छ ।

सोनाह समुदायलाई लोपोन्मुख आदिवासीमा सुचीकृत हुन स्थानीय सरकारले प्रदेश र केन्द्रसम्म पहल गरिरहेको र यथाशिघ्र सुचिकृत गरिनुपर्ने बताउनुहुन्छ राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरी ।

राज्यकै वासिन्दा भएपनी पहिचान हुन नसक्नु दुःखद हो । लामो संघर्ष गरेर पहिचान र अधिकार प्राप्त गर्नुपर्ने बाध्यताको अन्य कहिले हुने ? सरकारी तवरबाट दिइने आश्वासन आश्वासनमै मात्र नभई यस्ले पूर्णता पाउनेमा उनीहरु ढुक्क देखिन्छन् ।

https://www.facebook.com/koirala.keshav2042/videos/612447026685312

प्रतिकृया दिनुहोस

ऋण केकालागी ? हेक्का राख्न जरुरी - उपाध्यक्ष शर्मा

तिर्थ वहादुर सिंह पुष,२७–राजापुर । केन्द्रिय सहकारी संघका उपाध्यक्ष पूर्ण चन्द्र शर्माले सहकारीले सदैव सदस्यहरुको हितमा काम गर्ने भएकाले जुन

शिक्षकहरुलाई सम्मान

साथी समाचार असोज,–२०, बर्दिया । दशैको अवसर पारेर यहाँका अबकाश प्राप्त तथा कार्यरत शिक्षकहरुलाई सम्मान गरिएको छ । युवा शसक्तीकरण नेपाल राजापुरले

पहिचानकालागी लडाई लड्नु दुखःद - प्रदेश प्रमुख शेरचन

केशव कोइराला असोज १८,–बर्दिया । लुम्बीनि प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बिश्वका बिकशित राष्ट्रहरुले चन्द्रमामा बस्ति बसाउने योजना गरिरहँदा