शिक्षकहरुलाई सम्मान


साथी समाचार
असोज,–२०, बर्दिया ।
दशैको अवसर पारेर यहाँका अबकाश प्राप्त तथा कार्यरत शिक्षकहरुलाई सम्मान गरिएको छ । युवा शसक्तीकरण नेपाल राजापुरले राजापुर नगरपालिका वडा नं २ भित्र रहेका बिद्यालयमा कार्यरत तथा अवकास प्राप्त शिक्षकहरुलाई दोसल्ला सहित प्रमाणपत्रले सम्मान गरेको हो ।
सँस्थाका अध्यक्ष शनिसा थारुको अध्यक्षतमा आगोजित सम्मान कार्यक्रममा राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद थारु प्रमुख अतिथी रहनुभएको थियो । यस्तै अन्य अतिथीहरुमा राजापुर नगरपालिका वडा नं २ का अध्यक्ष धरणीधर थारु, नेरा माध्यामिक बिद्यालय नयाँ गाँउका प्रअ श्याम चौधरी , बिभिन्न बिद्यालयका प्रधानाध्यापक ,शिक्षकहरु रहेका थिए ।
 सम्मान कार्यक्रममा बोल्दै राजापुर नगरपालिकाका प्रमुख शिव प्रुाद चौधरीले डाक्टर, पाइलट ,राजनितिज्ञ लगायत बिभिन्न व्यक्तीहरुलाई बिद्यवान बनाउन गुरुहरुको भुमिका अत्यन्तै महत्वपूर्ण हुने भएकाले गुरुहरु सदैव सम्मानको पात्र हुने बताउनु भयो । उहाले भन्नुभयो“गुरुहरु सदैव सम्मानका पात्रहुनुहुन्छ ।” यस्तै वडा नं २ का अध्यक्ष शिक्षकले बौद्धीक उज्यालो प्रदान गर्ने भएकाले शिक्षहरुलाई सम्मान गर्नुपर्ने अपरिहार्यता भएको भन्दै सम्मानकालागी आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो । आफुहरु सम्मानित हुन पाउदा निकै खुशीलागेको शिक्षकहरुको तर्क थियो । युवा तथा बालाबजार व्यवस्थापन सकितीको सहयोग तथा वडा नं २ को समन्वयमा कार्यक्रमको आयोजना गरिएको हो ।

 

प्रतिकृया दिनुहोस

सोनाह समुदाय अझै लोपोन्मुख आदिवासीमा सुचिकृत हुन सकेन

  बर्दिया । बर्दिया, कैलाली र कञ्चनपुरमा बस्दै आएको सोनाह समुदाय अझै सुचिकृत हुन सकेको छैन् । लोपोन्मुख आदिवासीमा सुचिकृत गरिनुपर्ने दशकौंदेखिको

ऋण केकालागी ? हेक्का राख्न जरुरी - उपाध्यक्ष शर्मा

तिर्थ वहादुर सिंह पुष,२७–राजापुर । केन्द्रिय सहकारी संघका उपाध्यक्ष पूर्ण चन्द्र शर्माले सहकारीले सदैव सदस्यहरुको हितमा काम गर्ने भएकाले जुन

पहिचानकालागी लडाई लड्नु दुखःद - प्रदेश प्रमुख शेरचन

केशव कोइराला असोज १८,–बर्दिया । लुम्बीनि प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बिश्वका बिकशित राष्ट्रहरुले चन्द्रमामा बस्ति बसाउने योजना गरिरहँदा