राजापुरको भिम्मापुरमा आजदेखि फुटवल प्रतियोगिता सुरु,१६ टिम सहभागी


साथी समाचार डेस्क
कार्तिक,५–भिम्मापुर ।

युवाहरुको खेलप्रति लगाव,रुचि तथा खेल क्षेत्रको बिकास गर्ने उदेश्यले राजापुर नगरपालीका वडा नं ७ भिम्मापुरमा आजदेखि फुटवल प्रतियोगिता सुरु भएको छ । राजापुर नगरपालीका ७ नम्मर वडा कार्यलयको आर्थिक सहयोगमा सोल्टी –११ सृजनशिल युवाक्लवको आयोजनामा शुरु भएको फुटवल प्रतियोगिताको नेपाली कांग्रेशका क्षेत्रिय सभापति दिपक जंग शाहले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी शाहले राजापुर क्षेत्रको खलकुदमा लामो इतिहाँश रहेको बताउदै यहाँका खेलाडिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउन खेलक्षेत्रलाई निरन्तरता दिनुपर्ने खाँचो औल्याउनु भयो । यस्तै कार्यक्रमका बिषेश अतिथीे वडा अध्यक्ष मथुरा प्रसाद थारुले राजापुर नगरपालीका वडा नं –७ ले बिगतमा आयोजना गरेका खेलकुद प्रतियोगितामा प्रथम स्थान हाँशिल गरेका अनुभव सुनाउदै यस क्षेत्रको खेल बिकासमा आफु जस्तोसुकै सहयोग गर्न पछि नपर्ने प्रतिवद्वता जनाउनु भयो । कार्यक्रममा बोल्दै वडा सचिव राजकुमार पौडेलले लक्षीत बर्गका कार्यक्रमले लक्षित क्षेत्रको बिकासमा मद्दत पु¥याउने भएकाले यस्ता खाले कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औल्याउनु भयो  । प्रतियोतिामा प्रथम हुने टिमलाई २४ हजार दोश्रो हुने टिमलाई २० हजार ,तेश्रो स्थान हुने टिमलाई १८ हजार र सान्त्वना स्थान हासिल गर्ने टिमलाई ६ हजार रुपैया नगद र प्रमापत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा महिला तथा पुरुष गरी १६ टिमको सहभागि छन् ।  प्रतियोगिता संचालनकालागी वडा कार्यलयले ३ लाख ६५ हजार सहयोग गरेको छ ।

प्रतिकृया दिनुहोस

अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

केशव कोइराला पुस,२०–खोल्टीबजार । समृद्ध नेपाल बनाऔं,विश्वमा नेपाललाई चिनाऔं भन्ने मूल नारा सहित पर्यटन वर्ष २०२० लाई स्वागत गर्दै गेरुवा

ओलम्पिक कमिटी अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा सांसद जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भएको नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा प्रत्यासी उमेशलाल

म्यान्चेस्टर सिटीमाथि नर्विचको सनसनीपूर्ण जित

इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यान्चेस्टर सिटीमाथि नर्विच सिटीले सनसनीपूर्ण जित हात पारेको छ । गएराति आफ्नै घरेलु मैदानमा नर्विचले