म्यान्चेस्टर सिटीमाथि नर्विचको सनसनीपूर्ण जित

इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यान्चेस्टर सिटीमाथि नर्विच सिटीले सनसनीपूर्ण जित हात पारेको छ ।

गएराति आफ्नै घरेलु मैदानमा नर्विचले म्यान्चेस्टर सिटीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । नर्विचको जितमा केनी म्याकलिन, टोड क्यान्टवेल र टेमु पुक्कीले एक एक गोल गरे भने म्यान्चेस्टर सिटीका लागि भने सर्जियो अगुइरो र रोड्रिगोले गोल फर्काए ।

नर्विच सिटीले खेलको १८औं मिनेटमा नै अग्रता लिएको थियो । उसका लागि म्याकलिनले गोल गर्दै अग्रता दिलाए । खेलको २८औं मिनेटमा क्यान्टवेलले गोल गरेपछि नर्विच सिटी २–० गोलले अघि बढ्यो । खेलको ४५औं मिनेटमा अगुइरोले गोल गरेपछि पहिलो हाफ २–१ गोलसहित सकियो ।
दोस्रो हाफको ५० औं मिनेटमा पुक्कीले गोल गरेपछि सिटी ३–१ ले पछि प¥यो । खेलको ८८औं मिनेटमा रोड्रिगोले गोल गरेपनि त्यो म्यान्चेस्टर सिटीको जितका लागि पर्याप्त भएन ।

प्रतिकृया दिनुहोस

अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

केशव कोइराला पुस,२०–खोल्टीबजार । समृद्ध नेपाल बनाऔं,विश्वमा नेपाललाई चिनाऔं भन्ने मूल नारा सहित पर्यटन वर्ष २०२० लाई स्वागत गर्दै गेरुवा

राजापुरको भिम्मापुरमा आजदेखि फुटवल प्रतियोगिता सुरु,१६ टिम सहभागी

साथी समाचार डेस्क कार्तिक,५–भिम्मापुर । युवाहरुको खेलप्रति लगाव,रुचि तथा खेल क्षेत्रको बिकास गर्ने उदेश्यले राजापुर नगरपालीका वडा नं ७

ओलम्पिक कमिटी अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा सांसद जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भएको नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा प्रत्यासी उमेशलाल