अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

कर्मचारी र जनप्रतिनिधीबाट भएको सुरुवाती खेलमा कर्मचारी ६ गोलले विजयी

केशव कोइराला

पुस,२०–खोल्टीबजार ।

समृद्ध नेपाल बनाऔं,विश्वमा नेपाललाई चिनाऔं भन्ने मूल नारा सहित पर्यटन वर्ष २०२० लाई स्वागत गर्दै गेरुवा गाउँपालिका मा आज देखी दोस्रो वृहत खुल्ला गेरुवा गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । गेरुवा ४ स्थित नवज्योती बजार खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।

आईतबार प्रतियोगिताको समुद्धघाटन गर्दै गेरुवा गाउँपालिकाका कर्मचारी र जनप्रतिनधीहरु विच प्रतिस्पर्धा भएको छ । उद्घाटन खेलमा ० का बिरुद्ध ६ गोलले जनप्रनिधी समूहलाई पराजित गर्दै कर्मचारी समूहले जित हाँसिल गरेको छ । गेरुवा गाउँपालिका खेलकुद विकास समितिको आयोजना भएको प्रतियोगिताको गेरुवा गाँउपालीकाका अध्यक्ष जमानसिंह केसीले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा गेरुवा गाँउपालीकाका उपाध्यक्ष हिमाकुमारी चौधरी,गेरुवा गाँउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत काशि प्रसाद पंगेनि वडा नं १ देखी ६ का अध्यक्ष तथा सदस्यहरु लगायत राजनीतिक दलका प्रमुख प्रतिनीधि संचारकर्मी खेलप्रेमी तथा स्थानियहरु सहभागी थिए ।

प्रतियोगितामा १४ वटा टिमसहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितात्मक खेलहरु सोमबार देखि नियमित रुपमा संचालन हुने भएका छन् । खेल पुष २७ गते आइतवार सम्म संचालन हुनेछ ।

प्रतिकृया दिनुहोस

राजापुरको भिम्मापुरमा आजदेखि फुटवल प्रतियोगिता सुरु,१६ टिम सहभागी

साथी समाचार डेस्क कार्तिक,५–भिम्मापुर । युवाहरुको खेलप्रति लगाव,रुचि तथा खेल क्षेत्रको बिकास गर्ने उदेश्यले राजापुर नगरपालीका वडा नं ७

ओलम्पिक कमिटी अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा सांसद जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भएको नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा प्रत्यासी उमेशलाल

म्यान्चेस्टर सिटीमाथि नर्विचको सनसनीपूर्ण जित

इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यान्चेस्टर सिटीमाथि नर्विच सिटीले सनसनीपूर्ण जित हात पारेको छ । गएराति आफ्नै घरेलु मैदानमा नर्विचले