ओलम्पिक कमिटी अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा सांसद जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् ।

शनिबार भएको नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा प्रत्यासी उमेशलाल श्रेष्ठलाई पराजित गर्दै उनी दोस्रोपटक निर्वाचित भएका हुन् ।

२७ मतदाता रहेको निर्वाचनमा श्रेष्ठ १७ मत ल्याएर बिजयी बनेका हुन । अध्यक्षको कार्यकाल चार बर्षको हुन्छ । नवनिर्वाचित श्रेष्ठ सत्तारुढ नेकपाका तर्फबाट काठमाडौं–८ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत हुन ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाका प्रतिनिधिको रोहवरमा अध्यक्षसहित १९ सदस्यीय पदाधिकारी छनोटका लागि सातदोबाटोस्थित कार्यालय परिसरमा आज निर्वाचन भएको हो ।

 

अन्य पदाधिकारीको भने मतगणना जारी छ । निर्वाचित भएलगत्तै श्रेष्ठले कमिटीको स्वायत्ततालाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाए ।

नेपालमा हुन गइरहेको साउथ एशियन खेललाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउदै उनले निर्वाचित गराउने प्रतिनिधि र सरोकारवालालाई धन्यवादसमेत दिएका छन् ।

प्रतिकृया दिनुहोस

अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

केशव कोइराला पुस,२०–खोल्टीबजार । समृद्ध नेपाल बनाऔं,विश्वमा नेपाललाई चिनाऔं भन्ने मूल नारा सहित पर्यटन वर्ष २०२० लाई स्वागत गर्दै गेरुवा

राजापुरको भिम्मापुरमा आजदेखि फुटवल प्रतियोगिता सुरु,१६ टिम सहभागी

साथी समाचार डेस्क कार्तिक,५–भिम्मापुर । युवाहरुको खेलप्रति लगाव,रुचि तथा खेल क्षेत्रको बिकास गर्ने उदेश्यले राजापुर नगरपालीका वडा नं ७

म्यान्चेस्टर सिटीमाथि नर्विचको सनसनीपूर्ण जित

इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यान्चेस्टर सिटीमाथि नर्विच सिटीले सनसनीपूर्ण जित हात पारेको छ । गएराति आफ्नै घरेलु मैदानमा नर्विचले