अन्जन विष्ट चम्किँदा नेपालद्वारा चाइनिज ताइपेई उसकै मैदानमा पराजित

विश्वकप छनोटको दोस्रो चरणमा नेपालले पहिलो जित हात पारेको छ । अन्जन विष्ट चम्किँदा नेपालले चाइनिज ताइपेईलाई उसकै घरेलु मैदानमा २–० ले पराजित गरेको हो ।

अन्जन विष्टले नेपालका लागि दुवै गोल गरे । उनले खेल सुरु भएको तेस्रो मिनेटमै नेपाललाई पहिलो अग्रता दिलाएका थिए । उनले ६३औं मिनेटमा दोस्रो गोल गर्दै नेपालको जित सुनिश्चित गरे ।

विश्वकप फुटबलको छनोटमा इतिहासमा नेपाल दोस्रोपटक दोस्रो चरणमा पुगेको हो भने पहिलोपटक जित हात पारेको हो ।

यसअघि भएको पहिलो खेलमा नेपाल कुवेतसँग ७–० को विशाल अन्तरले पराजित भएको थियो । विश्वकप छनोटको तेस्रो खेलमा नेपालले सेप्टेम्बर १० तारिखमा अष्ट्रेलियाको सामना गर्दै छ ।

प्रतिकृया दिनुहोस

अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

केशव कोइराला पुस,२०–खोल्टीबजार । समृद्ध नेपाल बनाऔं,विश्वमा नेपाललाई चिनाऔं भन्ने मूल नारा सहित पर्यटन वर्ष २०२० लाई स्वागत गर्दै गेरुवा

राजापुरको भिम्मापुरमा आजदेखि फुटवल प्रतियोगिता सुरु,१६ टिम सहभागी

साथी समाचार डेस्क कार्तिक,५–भिम्मापुर । युवाहरुको खेलप्रति लगाव,रुचि तथा खेल क्षेत्रको बिकास गर्ने उदेश्यले राजापुर नगरपालीका वडा नं ७

ओलम्पिक कमिटी अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा सांसद जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भएको नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा प्रत्यासी उमेशलाल