आफ्नै सहकर्मीको गोली लागी नौ अफगानी प्रहरीको मृत्यु

अफगानिस्तान- अफगानिस्तानको दक्षिणी क्षेत्र कान्दाहारमा आफ्नै सहकर्मीले चलाएको गोली लागी कम्तीमा नौ प्रहरीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन्।

शुक्रबार राति शाहवालीकोट जिल्लाको दमानी क्षेत्रमा आफ्नैै सहकर्मीले चलाएको गोली लागी नौ अफगानी प्रहरीको मृत्यु भएको अफगानी ‘वन टिभी’ले प्रहरीलाई उद्धृत गरी जानकारी गाराएको छ। घटनाको स्थानीय अन्य सञ्चारमाध्यमहरूले पनि  पुष्टि गरेका छन्।

अफगानिस्तानमा गत अगस्टमा पनि यस्तै एक घटनामा सात प्रहरीको मृत्यु भएको थियो। गत महिना शाहवालीकोटमा नै भएकोे घटनामा एक प्रहरीले आफ्नै सहकर्मीलाई गरेको आक्रमणमा सात सुरक्षाकर्मीको मृत्यु भएको थियो। 

अफगानिस्तानमा भएको द्वन्द्वका कारण विक्षिप्त अवस्थामा लड्नुपर्दा कतिपय सुरक्षाकर्मीले आफ्नै सहकर्मीमाथि आक्रमण गरेका घटना असामान्य भएपनि पटकपटक यस किसिमका घटनाहरू दोहोरिने गरेका छन्।

यसैबीच शुक्रबार सरकारी सुरक्षाकर्मीले चलाएका आक्रमणमा परी पूर्वी पाक्टिका प्रान्तमा कम्तीमा २० लडाकूको मृत्यु भएको छ चने अन्य केही घाइते भएका उल्लेख गरिएको छ। सरकारी स्रोतले दिएको जानकारी अनुसार शुक्रबारको सुरक्षा कारबाहीमा ठूलो सङ्ख्यामा घाइते भएका छन् तर घाइतेमध्ये कतिपयलाई विद्रोहीहरूले सँगै बोकेर लगेकोले घाइते सङ्ख्या एकीन हुन नसकेको प्रहरीले बताएको छ।  

प्रतिकृया दिनुहोस

अमेरिकी राष्ट्रपति ट्रम्पका सुरक्षा सल्लाहकार बर्खास्त

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई पदबाट बर्खास्त गरेका छन्। बोल्टनसँग आफ्नो असहमति रहेका कारण आफूले

यसरी असफल बन्दैछ अमेरिका

विश्वकै शक्तिशाली देश अमेरिका दोस्रो विश्वयुद्धपछि एकाएक विश्वशक्ति बन्न पुग्यो । दोस्रो विश्वयुद्ध लगत्तै भएको कोरियाली युद्धमा पनि सामेल भयो

बेलायतमा पढेका विदेशी विद्यार्थीले थप २ वर्ष काम गर्न पाउने

अध्ययनका लागि बेलायत पुगेका विदेशी विद्यार्थीले अब पढाई पूरा गरेपछि थप दुई वर्ष बेलायतमा नै बसेर काम गर्ने अवसर पाउने भएका छन् । बेलायती