अमेरिकी राष्ट्रपति ट्रम्पका सुरक्षा सल्लाहकार बर्खास्त

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई पदबाट बर्खास्त गरेका छन्। बोल्टनसँग आफ्नो असहमति रहेका कारण आफूले पदबाट राजीनामा मागेको जानकारी दिएका छन् ।

बोल्टनले भने आफूले नै राजीनामा दिएको बताउँदै उचित समयमा आफ्नो भनाई सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन् । उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विदेश मामिलाका चुनौतीका विषयमा राष्ट्रपति ट्रम्पसँग फरक मत राखेका थिए ।

सन् २०१८ यता पदमा रहेका बोल्टन ट्रम्पका तेस्रा सुरक्षा सल्लाहकार हुन । ट्रम्पको ट्विटलगत्तै बोल्टनले पनि पछिल्लो घटनाक्रमका बारेमा आफ्ना मत सार्वजनिक गरेका थिए । उनले आफूले राजीनामा बुझाएपछि ‘ट्रम्पले त्यसबारे भोलि कुरा गरौं’ भनेको उल्लेख गरेका छन् ।

घटना सार्वजनिक भए लगत्तै बोल्टनले प्रत्यक्ष प्रसारणमा रहेका फक्स न्यूजका एकजना प्रस्तोतालाई एसएमएस सन्देश पठाउँदै आफूले पदबाट राजीनामा दिएको जानकारी गराएका थिए ।

 

वासिङ्टन पोस्टका संवाददाता रोबर्ट कोस्टालाई पठाएको एसएमएसमा उनले उचित समयमा आफ्नो भनाई राख्ने र आफ्नो प्रमुख चासो अमेरिकाको राष्ट्रिय सुरक्षा रहेको उल्लेख गरेका थिए ।
बोल्टनलाई हटाएपछि चार्ल्स कुपरम्यानले कार्यवाहक राष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा जिम्मेवारी सम्हाल्ने छन्। उनी बोल्टनका सहायकका रूपमा कार्यरत थिए ।

विदेश नीतिका विज्ञ बोल्टन ट्रम्पले इरानविरुद्ध अपनाएको कडा रवैयाका प्रमुख योजनाकार मानिन्थे । ट्रम्पले इरानी नेताहरुसँग छलफल गर्न चाहेको भन्ने विषयको बोल्टनले प्रतिवाद गरेका थिए ।
उनले उत्तर कोरिया, रुस र अफगानिस्तानसँग पनि अमेरिका कडा रूपमा प्रस्तुत हुनुपर्ने अडान राख्दै आएका थिए ।

बोल्टनका कारण गत फेब्रुअरीमा उत्तर कोरियासँग परमाणु निःशस्त्रीकरण सम्बन्धी शिखर वार्ता सफल हुन नसकेको अमेरिकी अधिकारीहरू बताउँछन् ।

प्रतिकृया दिनुहोस

यसरी असफल बन्दैछ अमेरिका

विश्वकै शक्तिशाली देश अमेरिका दोस्रो विश्वयुद्धपछि एकाएक विश्वशक्ति बन्न पुग्यो । दोस्रो विश्वयुद्ध लगत्तै भएको कोरियाली युद्धमा पनि सामेल भयो

बेलायतमा पढेका विदेशी विद्यार्थीले थप २ वर्ष काम गर्न पाउने

अध्ययनका लागि बेलायत पुगेका विदेशी विद्यार्थीले अब पढाई पूरा गरेपछि थप दुई वर्ष बेलायतमा नै बसेर काम गर्ने अवसर पाउने भएका छन् । बेलायती

राजकुमारीले गरिन् प्लम्बरको अपहरण र कुटपिट !

प्लम्बरको अपहरण र कुटपिटको आरोपमा साउदी अरबकी राजकुमारीमाथि सजाय हुने भएको छ । फ्रान्सको एक अदालतले साउदी राजकुमारी हास्सा बिन्त सलमानलाई एकजना