राजकुमारीले गरिन् प्लम्बरको अपहरण र कुटपिट !

प्लम्बरको अपहरण र कुटपिटको आरोपमा साउदी अरबकी राजकुमारीमाथि सजाय हुने भएको छ ।

फ्रान्सको एक अदालतले साउदी राजकुमारी हास्सा बिन्त सलमानलाई एकजना पुरूषमाथि कुटपिट र अपहरणमा दोषी ठहर गर्दै तत्कालै लागु नहुने गरि सर्त सहितको जेल सजाय र ११ हजार डलर जरिबाना तोकेको हो ।

आफ्ना एक जना अंग रक्षक लगाएर पेरिसको एउटा विलासी अपार्टमेन्टमा एक जना प्लम्बरलाई कुटपिट गरेको अभियोजनकर्ताको आरोप थियो ।

ती व्यक्तिले प्रहरीलाई आफ्नो हात बाँधिएको र आफूलाई मुक्का र लात्ताले हान्दै राजकुमारीको पैतला चुम्न लगाइएको बताएका थिए ।

 

भिडियो खिचेको आरोपमा ती युवकमाथि राजकुमारीले सो घटना घटाएको बताइएको छ । राजकुमारीविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पूर्जी जारी गरिएको थियो भने अदालतमा उनको अनुपस्थितिमा नै मुद्दा चलाइएको थियो ।

राजकुमारीले यसअघि आफूमाथि लागेको आरोप अस्वीकार गरेकी थिइन् । सो घटनामा उनका अंगरक्षक रनी सइदीलाई ८ महिनाको जेल सजाय सुनाइएको छ। तर सो सजाय तत्काल लागू हुनेछैन ।

सन् २०१६ को सेप्टेम्बरमा असरफ इद नामक इजिप्टका नागरिक रहेका प्लम्बरलाई पेरिसमा रहेको उनको विलासी अपार्टमेन्टमा विग्रिएको वाश बेसिन मर्मतका लागि बोलाइएको थियो ।

प्लम्बरले भने आफ्नो कामका लागि आथरुमका लागि आवश्यक तस्बिर लिएका थिए । तर फोटो खिच्ने क्रममा राजकुमारी ऐनामा देखिएपछि उनी रिसाएको बताइएको छ ।

त्यसपछि राजकुमारीले अंगरक्षकलाई बेलाएर असरफमाथि कुटपिट गरेकी थिइन् भने कयौं घन्टासम्म त्यहाँबाट बाहिर निस्कन समेत दिइएको थिएन ।
सो घटनापछि राजकुमारी हास्साले फ्रान्स छाडेकी थिइन् ।

सन् २०१८ को मार्चमा फ्रान्सका एक न्यायाधीशले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि उनी साउदी अरबमै बस्न थालेकी थिइन् ।

प्रतिकृया दिनुहोस

अमेरिकी राष्ट्रपति ट्रम्पका सुरक्षा सल्लाहकार बर्खास्त

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई पदबाट बर्खास्त गरेका छन्। बोल्टनसँग आफ्नो असहमति रहेका कारण आफूले

यसरी असफल बन्दैछ अमेरिका

विश्वकै शक्तिशाली देश अमेरिका दोस्रो विश्वयुद्धपछि एकाएक विश्वशक्ति बन्न पुग्यो । दोस्रो विश्वयुद्ध लगत्तै भएको कोरियाली युद्धमा पनि सामेल भयो

बेलायतमा पढेका विदेशी विद्यार्थीले थप २ वर्ष काम गर्न पाउने

अध्ययनका लागि बेलायत पुगेका विदेशी विद्यार्थीले अब पढाई पूरा गरेपछि थप दुई वर्ष बेलायतमा नै बसेर काम गर्ने अवसर पाउने भएका छन् । बेलायती