बेलायतमा पढेका विदेशी विद्यार्थीले थप २ वर्ष काम गर्न पाउने

अध्ययनका लागि बेलायत पुगेका विदेशी विद्यार्थीले अब पढाई पूरा गरेपछि थप दुई वर्ष बेलायतमा नै बसेर काम गर्ने अवसर पाउने भएका छन् ।

बेलायती गृहमन्त्रालयले गरेको नयाँ प्रस्तावमा विद्यार्थीहरुलाई दुई वर्ष थप बस्न पाउने प्रावधान समेटिएको हो । यसले सन् २०१२ मा तत्कालीन गृहमन्त्री थेरेसा मेको कार्यकालमा विद्यार्थीले पढाई पूरा गरेपछि चार महिनाभित्र बेलायत छाडिसक्नुपर्ने प्रावधानलाई उल्ट्याइदिएको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले नयाँ व्यवस्थाका कारण विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गर्ने मौका पाउने र बेलायतमा नै आफ्नो करियर सुरु गर्न सक्ने बताएका छन् ।

अहिलेको परिवर्तन आगामी वर्षदेखि बेलायतमा स्नातक तह वा सो भन्दा माथिको तह अध्ययन सुरू गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीका हकमा लागु हुनेछ । अभियानकर्ताहरूको समूह माईग्रेशन वाचले भने सरकारले ल्याउन लागेको यो व्यवस्थालाई ‘पश्चगामी’ कदमको संज्ञा दिएको छ ।

 

अघिल्लो वर्ष बेलायतमा अध्ययनका लागि जाने विदेशी विद्यार्थीको संख्या करिब साढे चार लाख थियो । बेलायतमा थप दुई वर्ष बस्न पाउने सुविधा प्राप्त गर्नका लागि विद्यार्थीहरुले नियमित रूपमा आप्रवासन जाँच गराउने ट्रयाक रेकर्ड भएका शिक्षण संस्थामा अध्ययन गरेको हुनुपर्नेछ ।

नयाँ प्रस्तावमा विद्यार्थीहरूले गर्न पाउने कामको प्रकृतिमा नियमन गरिएको छैन भने कति संख्यामा विद्यार्थीहरुले त्यस्तो सुविधा पाउने हो भन्नेबारेमा पनि केही उल्लेख गरिएको छैन ।

पूर्वप्रधानमन्त्री समेत रहेकी थेरेसा मेले बेलायत आउने र फर्किनेको संख्यामा समानता ल्याउन भन्दै चार महिनामा फर्किनुपर्ने प्रावधानसहितको व्यवस्था ल्याएकी थिइन् ।

प्रतिकृया दिनुहोस

अमेरिकी राष्ट्रपति ट्रम्पका सुरक्षा सल्लाहकार बर्खास्त

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई पदबाट बर्खास्त गरेका छन्। बोल्टनसँग आफ्नो असहमति रहेका कारण आफूले

यसरी असफल बन्दैछ अमेरिका

विश्वकै शक्तिशाली देश अमेरिका दोस्रो विश्वयुद्धपछि एकाएक विश्वशक्ति बन्न पुग्यो । दोस्रो विश्वयुद्ध लगत्तै भएको कोरियाली युद्धमा पनि सामेल भयो

राजकुमारीले गरिन् प्लम्बरको अपहरण र कुटपिट !

प्लम्बरको अपहरण र कुटपिटको आरोपमा साउदी अरबकी राजकुमारीमाथि सजाय हुने भएको छ । फ्रान्सको एक अदालतले साउदी राजकुमारी हास्सा बिन्त सलमानलाई एकजना