हाम्रो बर्दिया राम्रो बर्दिया बोलको गित बजारमा (भिडियाे सहित)

राजापुर,२०-भदौ ।

रमेश कुमार थापा को सब्द सिर्जनामा “हाम्रो बर्दिया राम्रो बर्दिया”बाेलकाे गीत शुक्रबार बजारमा सार्वजनिक गरिएको छ ।बर्दियाको पर्यटन, वन्यजन्तु, जैविक तथा सांस्कृतिक संरक्षणका लागि तयार गरिएको गीत एपिएस नेपाल यट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।बर्दिया जिल्लाका ६० ओटा महत्त्वपूर्ण स्थानहरुको नाम समेटिएको छ।उक्त गीतमा गायक सङ्गीतकार प्रभात सुवेदीको लय रहेको गीतमा प्रभात सुवेदी, एकराज पौडेल, राम प्रसाद लामिछाने, महेन्द्र सेढाईं, कृतिका प्रसाईं, रविना तिवारी, प्रश्ना सुवेदी र अभिनन्दन सुवेदीको स्वर दिएका हुन ।खगेन्द्र नेपालको निर्देशन तयार पारिएको म्युजिक भिडियोमा खगेन्द्र नेपाल र सपना थापाको अभिनय रहेको छ । भिडियो छायांकन तथा सम्पादन सुवास दहितले गरेको हुन् । बर्दियाको सम्पूर्ण जानकारी समेटिएको यो गीत सबै बर्दियालीहरुको बर्दिया गानका रुपमा रहने र बर्दियाका जुनसुकै कार्यक्रममा पनि बज्ने अपेक्षा यसका सर्जक तथा संरक्षणकर्मी अभियान्ता रमेश थापाले बताए ।बर्दिया जिल्लालाई चिनाउनका लागि जिल्लाका अधिकांश कला र संस्कृतिहरु समेटिएकोले यो गीत सम्पूर्णकाे मन जित्न सफल रहनेछ भन्ने आफू आशावादी रहेको गीतको म्युजिक भिडियोका निर्देशक तथा कलाकार खगेन्द्र नेपालले बताए ।
 

भिडियो हेर्नुहोस           

https://youtu.be/9KATN8LKTys

 

प्रतिकृया दिनुहोस

१११ औं अन्तरराष्ट्रिय महिला दिवस भव्यताका साथ सम्पन्न धेरै श्रमिक महिलाहरु अधिकार र ज्यालामा बञ्चित रहेको बक्ताहरुको भनाई ।

मिन अधिकारी  फागुन २५गते बर्दियाको राजापुरमा महिलाको सुरक्षा सम्मान र रोजगार समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ १११ औं अन्तरराष्ट्रिय महिला

तेलुगु स्टार गोपीचन्दसँग स्क्रिन शेयर गर्दै परमिता

नेपाली चलचित्रकी बोल्ड नायिका परमिता आर एल राणाले तेलुगु चलचित्रमा काम गर्ने भएकी छिन् । आफ्नो सामाजिक संजालबाट यो कुराको जानकारी दिदै परमिताले आफू

अक्षयको ‘मिसन मंगल’ले कमायो २ सय करोड, सलमानको रेकर्ड तोडियो !

मुम्बई– भारतीय स्वतन्त्रता दिवसका अवसरमा प्रदर्शनमा आएको बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘मिसन मंगल’ले २ सय करोड रुपैयाँ कमाएको छ।  फिल्म