अक्षयको ‘मिसन मंगल’ले कमायो २ सय करोड, सलमानको रेकर्ड तोडियो !

मुम्बई– भारतीय स्वतन्त्रता दिवसका अवसरमा प्रदर्शनमा आएको बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘मिसन मंगल’ले २ सय करोड रुपैयाँ कमाएको छ। 

फिल्म व्यापार विश्लेषक तरुण आदर्शका अनुसार प्रदर्शनको चौथो हप्तामा यो फिल्म २ करोड क्लबमा प्रवेश गरेको हो। यसका साथै ‘मिसन मंगल’ बलिउडमा २ सय करोड कमाउने अक्षयको पहिलो फिल्म बनेको छ। फिल्मले ४ हप्तामा कुल २००.१६ करोड कमाएको छ। फिल्मको सफलतासँगै अक्षय कुमारको स्टारडमलाई फेरि उचाईमा पुगाएको छ। 

मिसन मंगलले ३ दिनमा ५० करोड, ५ दिनमा १०० करोड, ११ दिनमा १५० करोड र २९ दिनमा २ सय करोडको आँकडा पार गरेको विश्लेषक तरुण आदर्शले ट्वीटरमा लेखेका छन्।

सलमानको रेकर्ड तोडियो

मिसन मंगल १५ अगस्टमा प्रदर्शनमा आएको थियो। यो भन्दा पहिला स्वतन्त्रता दिवसका दिन प्रदर्शनमा आएका फिल्ममध्ये सबै भन्दा बढी व्यापार गर्ने कीर्तिमान सलमान खानको फिल्म ‘एक था टाइगर’को नाममा थियो। सलमान र कट्रिनाको फिल्मको लाइफटाइम कारोबार १९८ं७८ करोड थियो। जसलाई मिसन मंगलले २ सय करोड कमाएर भंग गरेको छ। 

मिसन मंगल इसरोको मंगल अभियानको सत्य कतामा आधारित छ। फिल्ममा अक्षयका अलावा विद्या बालन, तपसी पन्नु, सोनाक्षी सिन्हा र शरमन जोशी मुख्य भूमिकामा छन्। 

प्रतिकृया दिनुहोस

१११ औं अन्तरराष्ट्रिय महिला दिवस भव्यताका साथ सम्पन्न धेरै श्रमिक महिलाहरु अधिकार र ज्यालामा बञ्चित रहेको बक्ताहरुको भनाई ।

मिन अधिकारी  फागुन २५गते बर्दियाको राजापुरमा महिलाको सुरक्षा सम्मान र रोजगार समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ १११ औं अन्तरराष्ट्रिय महिला

हाम्रो बर्दिया राम्रो बर्दिया बोलको गित बजारमा (भिडियाे सहित)

राजापुर,२०-भदौ । रमेश कुमार थापा को सब्द सिर्जनामा “हाम्रो बर्दिया राम्रो बर्दिया”बाेलकाे गीत शुक्रबार बजारमा सार्वजनिक गरिएको छ ।बर्दियाको

तेलुगु स्टार गोपीचन्दसँग स्क्रिन शेयर गर्दै परमिता

नेपाली चलचित्रकी बोल्ड नायिका परमिता आर एल राणाले तेलुगु चलचित्रमा काम गर्ने भएकी छिन् । आफ्नो सामाजिक संजालबाट यो कुराको जानकारी दिदै परमिताले आफू