तेलुगु स्टार गोपीचन्दसँग स्क्रिन शेयर गर्दै परमिता

नेपाली चलचित्रकी बोल्ड नायिका परमिता आर एल राणाले तेलुगु चलचित्रमा काम गर्ने भएकी छिन् । आफ्नो सामाजिक संजालबाट यो कुराको जानकारी दिदै परमिताले आफू निकै नै उत्साहित भएको लेखेकी छिन् । तेलुगु चलचित्रका सुपरस्टार नायक गोपीचन्दसँग स्क्रिन शेयर गर्न लागेको समेत उनले उल्लेख गरेका छन् ।

एसभीसीसी फिल्मस्को ब्यानरमा बन्न लागेको तेलुगु चलचित्रमा काम गर्न पाउँदा आफू उत्साहित भएको भन्दै उनले अडिसनबाट आफू छनोट भएको पनि बताएकी छिन् । यो चलचित्रको छायांकन आउँदो बर्षको जुनबाट सुरु हुनेछ । एक मन्दिरमा यो चलचित्रको पूजा गर्दै शुभसाइत गरिएको थियो ।

 

 

उनले आफूले नेपाललाई गौरवान्वित बनाउने समेत प्रतिवद्धता व्यक्त गरेकी छिन् । उनले लेखेकी छिन्–‘मलाई थाहा छैन कि म के लेखुँ । किनकी, म साच्चै नै बोल्न नसक्ने भएकी छु ।’ परमिताले चलचित्र ‘चंगाचेट’मा काम गरेपछि कुनै पनि चलचित्रमा काम गरेकी छैनन् । उनले हालै मात्र एक गीत सार्वजनिक गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

१११ औं अन्तरराष्ट्रिय महिला दिवस भव्यताका साथ सम्पन्न धेरै श्रमिक महिलाहरु अधिकार र ज्यालामा बञ्चित रहेको बक्ताहरुको भनाई ।

मिन अधिकारी  फागुन २५गते बर्दियाको राजापुरमा महिलाको सुरक्षा सम्मान र रोजगार समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ १११ औं अन्तरराष्ट्रिय महिला

हाम्रो बर्दिया राम्रो बर्दिया बोलको गित बजारमा (भिडियाे सहित)

राजापुर,२०-भदौ । रमेश कुमार थापा को सब्द सिर्जनामा “हाम्रो बर्दिया राम्रो बर्दिया”बाेलकाे गीत शुक्रबार बजारमा सार्वजनिक गरिएको छ ।बर्दियाको

अक्षयको ‘मिसन मंगल’ले कमायो २ सय करोड, सलमानको रेकर्ड तोडियो !

मुम्बई– भारतीय स्वतन्त्रता दिवसका अवसरमा प्रदर्शनमा आएको बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘मिसन मंगल’ले २ सय करोड रुपैयाँ कमाएको छ।  फिल्म