१११ औं अन्तरराष्ट्रिय महिला दिवस भव्यताका साथ सम्पन्न धेरै श्रमिक महिलाहरु अधिकार र ज्यालामा बञ्चित रहेको बक्ताहरुको भनाई ।

मिन अधिकारी  फागुन २५गते
बर्दियाको राजापुरमा महिलाको सुरक्षा सम्मान र रोजगार समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ १११ औं अन्तरराष्ट्रिय महिला दिवस भव्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रमलाई संवोधन गर्दै जिल्ला समन्वय समितिका सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि शान्ति चौधरीले विश्व इतिहासमा महिलाहरुले धेरै संघर्ष गरेर मार्च ८ लाई श्रमिक महिला मनाउन क्लारा जेटकिनले ठूलो त्याग गरेर सुरुवात गरेको वताउनु भयो । नेपालमा विभिन्न कार्यक्रम गरी दिवस मनाउने गरेता पनि धेरै श्रमिक महिलाहरु अधिकार र ज्यालामा बञ्चित रहेकाले सबैले समान अधिकार पाएका छन् भन्न सकिने अवस्था नरहेको धारणा राख्नु भयो । प्रमुख अतिथि चौधरीले नेपालमा अहिलेसम्म अधिकार प्राप्त नगरेकाले महिलाहरुले अझै संघर्ष गर्नुपर्ने देखिएको वताउनु भयो ।

यस्तै कार्यक्रममा संबोधन गर्दै राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा कार्यक्रमका विशेष अतिथि धर्मराज न्यौपानेले समाज, राष्ट्र र विश्व निर्माण गर्न आमाहरुको भूमिका महत्वपूर्ण रहेको औल्याउदै आजको दिन ल्याउनका लागि सम्पूर्ण आमाहरुले विशेष योगदान दिएको वताउनु भयो । राजापुर क्षेत्रमा महिला दिदी बहिनीहरुका धेरै समस्याहरु रहेको वताउदै समस्या समाधान गर्न नगरपालिकाबाट संवोधन गर्न सकिने र आफुले सकारात्मक भूमिका खेल्ने वताउनु भएको थियो ।

नगर उपप्रमुख तथा कार्यक्रमका सभापति मनकला कुमारी चौधरीले महिलाहरुको हब अधिकारका लागि धेरै चुनौतिहरुको सामना गर्दै महिलाहरु आजको अवस्थामा आईपुगेको र आजको दिनलाई हामी सबै महिलाहरुले महत्वपूर्ण उत्सवको दिनका रुपमा लिनुपर्ने वताउदै कार्यक्रममा सहयोग गर्ने सबै राजनीतिक दल, कर्मचारी, संघ संस्था र सञ्चार माध्यमलाई धन्यवाद दिदै समापन गरिएको काार्यक्रमा महिला हिंसा न्युनीकरण सम्बन्धि नाटक मञ्चन सहित स्थानीय भेषभूषा धल्काउने नृत्य, गित गजल प्रस्तुत गरिएको थियो ।

राजापुर नगरपालिकाको महिला वालवालिका तथा समाज कल्याण उपशाखा राजापुरद्वारा आयोजित कार्यक्रममा कमैया महिला जागरण समाज सुआहारा, गुड नेभर इन्टरनेसनल, बाँके युनेस्को क्लब, वी ग्रुप नगरस्तरीय महिला संजाल नारी जागरण समाजको साझेदारी रहेको थियो । सरस्वती सामुदायिक वनको मैदानमा गरिएको कार्यक्रममा यस क्षेत्रका महिला दिदी बहिनीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस

हाम्रो बर्दिया राम्रो बर्दिया बोलको गित बजारमा (भिडियाे सहित)

राजापुर,२०-भदौ । रमेश कुमार थापा को सब्द सिर्जनामा “हाम्रो बर्दिया राम्रो बर्दिया”बाेलकाे गीत शुक्रबार बजारमा सार्वजनिक गरिएको छ ।बर्दियाको

तेलुगु स्टार गोपीचन्दसँग स्क्रिन शेयर गर्दै परमिता

नेपाली चलचित्रकी बोल्ड नायिका परमिता आर एल राणाले तेलुगु चलचित्रमा काम गर्ने भएकी छिन् । आफ्नो सामाजिक संजालबाट यो कुराको जानकारी दिदै परमिताले आफू

अक्षयको ‘मिसन मंगल’ले कमायो २ सय करोड, सलमानको रेकर्ड तोडियो !

मुम्बई– भारतीय स्वतन्त्रता दिवसका अवसरमा प्रदर्शनमा आएको बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘मिसन मंगल’ले २ सय करोड रुपैयाँ कमाएको छ।  फिल्म