जोनलाई ‘एक भिलेन २’को अफर

बलिउडमा अहिले नायक जोन अब्राहिमका चलचित्रले पनि राम्रो व्यापार गरिरहेका छन् । राष्ट्रियताको कथामा बन्ने चलचित्रमा काम गरिरहेका जोनलाई एक लभ स्टोरी चलचित्रको अफर पुगेको छ । व्यापारिक रुपमा सफल मानिएको चलचित्र ‘एक भिलेन’का निर्देशक मोहित सुरीले उनलाई यसको सिक्वेलका लागि अफर गरेका थिए ।

मोहित सुरीले उनलाई चलचित्र ‘एक भिलेन २’का लागि अफर गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । जोनले चलचित्रको वन लाइन कथा सुनेका छन् । उनले यसलाई मन पराएका पनि छन् । भारतीय मिडियाका अनुसार, उनले यो चलचित्र चाडै नै साइन गर्नेछन् ।

 

 

 

‘एक भिलेन’ सन् २०१४ मा रिलिज भएको थियो । जसमा, सिद्धार्थ मल्होत्रा, रितेश देशमुख र श्रद्धा कपुरको मुख्य भूमिका थियो । व्यापारिक रुपमा सफल मानिएको यो चलचित्रमा जोन कुन अवतारमा देखिनेछन् भन्ने खुलेको छैन ।
जोन अहिले देशभक्ति चलचित्रमा बढी केन्द्रित छन् । उनी, अभिनित नयाँ चलचित्र ‘बट्ला हाउस’ बक्स अफिसमा हिट भएको थियो ।

प्रतिकृया दिनुहोस

१११ औं अन्तरराष्ट्रिय महिला दिवस भव्यताका साथ सम्पन्न धेरै श्रमिक महिलाहरु अधिकार र ज्यालामा बञ्चित रहेको बक्ताहरुको भनाई ।

मिन अधिकारी  फागुन २५गते बर्दियाको राजापुरमा महिलाको सुरक्षा सम्मान र रोजगार समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ १११ औं अन्तरराष्ट्रिय महिला

हाम्रो बर्दिया राम्रो बर्दिया बोलको गित बजारमा (भिडियाे सहित)

राजापुर,२०-भदौ । रमेश कुमार थापा को सब्द सिर्जनामा “हाम्रो बर्दिया राम्रो बर्दिया”बाेलकाे गीत शुक्रबार बजारमा सार्वजनिक गरिएको छ ।बर्दियाको

तेलुगु स्टार गोपीचन्दसँग स्क्रिन शेयर गर्दै परमिता

नेपाली चलचित्रकी बोल्ड नायिका परमिता आर एल राणाले तेलुगु चलचित्रमा काम गर्ने भएकी छिन् । आफ्नो सामाजिक संजालबाट यो कुराको जानकारी दिदै परमिताले आफू