kalo

कालो पोथी शुक्रबारदेखि प्रदर्शनमा

जेठ – गएको वर्ष भेनिस अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा क्रिटिक्स विकतर्फ उत्कृष्ट फिल्म घोषित कालो पोथी शुक्रबारदेखि प्रदर्शनमा आएको छ ।

माओवादी द्वन्द्वको एउटा असरलाई देखाइएको यो चलचत्रिको पोष्ट प्रोडक्शनका लागि निर्देशक मिनबहादुर भामले विदेशी सहयोग पाएका थिए । बुधबार फिल्मको प्रिमियर गरिएको चलचित्र शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको हो ।

फरक जात र वर्गका दुई साथीले आफ्नो सपना साकार पार्न मिलेर पालेको कुखुराको कालो पोथी हराएपछि खोज्न निस्कँदा उनीहरु भिडन्तमा पर्छन् । चलचित्रले द्वन्द्वको बिचबाट अघि बढेको कथालाई चित्रण गरेको छ । मुगुको सेरोफेरोमा बनेको चलचित्रमा समाजमा घटेका घटनालई बेग्लै तरिकाले चित्रण गरिएको छ । त्यहाँकै खसभाषी र त्यहाँकै कलाकार मुख्य पात्र बनाइएको निर्माण टोलीले जनाएको छ ।

खड्गराज नेपाली, शुक्रराज रोकाए मुख्य पात्र भएको यो चलचित्रमा जितबहादुर मल्ल, विनिषा हमाल, नन्दप्रसाद खत्री, विपिन कार्की र पविन खतिवडाको अभिनय पनि देख्न सकिन्छ । चलचित्रको लेखन मिनबहादुर भामका साथै अभिनाश विक्रम शाही, सन्तोष भट्टराई, कुसाङ राईले गरेका छन् ।

look tailor

x

Check Also

कार्यकर्ता भेटघाटमा सम्वोधन गर्दै नेपाली कांग्रेशका महासमिति सदस्य तथा तरुणदलका पूर्व कार्यवाहक अध्यक्ष जन्मजय तिमिल्सीना

कांग्रेशको घरदैलो भेटघाट

केशव कोइराला फागुन ८–राजापुर स्थानिय निकायको चुनावलाई मद्य नजर गर्दै नेपाली कांग्रेशले बर्दियाको राजापुरमा घरदैलो ...