भौरा टप्पाको क्षेत्रमै पहिलो पटक प्राबिधिक शिक्षाको शुरुवात

शोभा कोइराला
कार्तिक,२६–राजापुर
अमर सहिद दशरथ चन्द माध्यामिक बिध्यालयले भौरा टप्पाको क्षेत्रमै पहिलो पटक प्राबिधिक शिक्षाको शुरुवात गरेको छ । प्राबिधिक शिक्षा अन्र्तगत भेटीनरी कार्यक्रमको आज सम्उद्घाटन गरिएको छ । दिप प्रज्वलन तथा व्यानर खोली जिल्ला शिक्षा अधिकारी दमन सींह चौधरीले कार्यक्रमको उद्घाटन गर्नुभयो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरु प्रसाद चौधरीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा जिल्ला शिक्षा अधिकारी दमन सींह चौधरीले भौरा टप्पाकै पहिलो प्राबिधीक शिक्षालयले भेटीनेरी कार्यक्रम लागुगरेकोमा धन्यवाद दिदै अर्काे पल्ट कृर्षी जेटीए ल्याउन तर्फ लाग्न शुझाउनुभयो । यस्तै बिद्यालयका प्रद्यानाध्यापक पर्वसिंह गुरुङले यो क्षेत्र कृषीतथा पशुुपालनमा धेरै सम्भावना रहेको बताउदै प्रावीधीक ज्ञान उत्तम भएको र आफुले पनि सक्दो सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा बिध्यालयनिरक्षक ,श्रोत व्याक्ती, यहाँस्थित सरकारी कार्यलयका प्रमुख प्रतिनीधि,राजनीतिक दलका प्रमुख प्रतिनीधि सहभागि थिए ।

x

Check Also

कार्यकर्ता भेटघाटमा सम्वोधन गर्दै नेपाली कांग्रेशका महासमिति सदस्य तथा तरुणदलका पूर्व कार्यवाहक अध्यक्ष जन्मजय तिमिल्सीना

कांग्रेशको घरदैलो भेटघाट

केशव कोइराला फागुन ८–राजापुर स्थानिय निकायको चुनावलाई मद्य नजर गर्दै नेपाली कांग्रेशले बर्दियाको राजापुरमा घरदैलो ...